2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

 ट्रेड यूनियनको निर्वाचनलाई सफल बनाउने कार्यालय प्रमुखको प्रतिबद्धता

बैशाख ६, प्रज्वल पौडेल, रामेछाप ।
रामेछाप जिल्लाका कार्यालय प्रमुखहरुले निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनको
निर्वाचनलाई सफल बनाउन आ–आफ्नो स्थानवाट सहयोग गर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापमा
प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको अध्यक्षतामा आइतबार वसेको कार्यालयका प्रमुखहरुको वैठकमा यस्तो
प्रतिबद्धता भएको हो ।

यसैगरी बैठकले आफ्ना मातहतमा रहेका कार्यालयका कर्मचारीहरुको कूल दरवन्दी, हालको पदपूर्तिको
अवस्था सहित कार्यरत कर्मचारीहरुको विवरण तीन दिन भित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउने निर्णय समेत
गरेको छ ।

बैठकले बैशाख १२,
१३ र १४ गते पुर्ननिर्माण सम्बन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गरि भुकम्प स्मृति दिवस मनाउने निर्णय
गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार १२ गते विहान ११ बजे जिल्ला विकास
समितिको प्राङ्गणमा स्मृति सभाको आयोजना समेत गरिने छ ।

त्यसैगरी बैठकले कार्यालयको सरसफाइ, वगैंचा व्यवस्थापन, हरियाली
प्रवद्र्धन र सेवाग्राही कक्षको व्यवस्थापनमा ध्यान दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई