Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा वनभोज मनाएर फर्किंदै गरेका किशोरमाथि गोली प्रहार

२०७६, १७ पुष बिहीबार १५:५६

पुष १७, महोत्तरी | महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ विसनपुर गाउँमा गए राति वनभोज मनाएर फर्किंदै गरेका एक किशोरमाथि गोली प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा–५ विसनपुर गाउँ बस्ने सुन्दर कापरका छोरा अन्दाजी १४ वर्षीय अक्षय कापरमाथि गए राति ७ बजे गोली प्रहार भएको छ । छातिमै लागेको गोली प्रहारबाट किशोर कापर गम्भीर घाइते भएका छन् भने उनलाई उपचारको लागि गए राति काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

सन् २०२० को अवसरमा आफ्नै गाउँसँग टाँसिएर रहेको भारतीय सीमा नजिकै साथीहरुसँग वनभोज मनाएर गाउँ फर्किंदै गरेका किशोरमाथि सोही गाउँमा बस्ने अन्दाजी ३९ वर्षको विनय सिंहले गोली प्रहार गरेको पीडितका परिवारजनले जनाएका छन् ।

गोली प्रहार गरी विनय सिंह भारततर्फ फरार भएका छन् भने प्रहरीले गोली हान्ने व्यक्तिको पहिचान भइसकेको तथा उनको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिसकिएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ