2026-07-24 08:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भुक्तानी नदिने सुगरमिलमा तालाबन्दी

पुष १७, सर्लाही | उखु किसानको रु २० करोड बाँकी बक्यौता नतिर्ने सर्लाहीको गोडैता नगरपालिका–६ बङ्गदहको महालक्ष्मी सुगरमिलमा आज उखु किसानले तालाबन्दी गरेका छन् ।

उखु किसानको गत वर्षको बाँकी बक्यौता रकमवापत रु २० करोड बाँकी रहेको र सो रकम उखु किसानको खातामा जम्मा गरिदिनुपर्ने, उद्योग सञ्चालकसँग भएको गत वर्षको सम्झौता कार्यान्वय हुनुपर्ने, नेपाल सरकारले तोकिदिएको मूल्य  रु ५३५ पूरै उखु किसानले पाउनुपर्ने र उद्योगले उखुको २० प्रतिशत ढाला काट्ने गरेको र त्यो नियमसङ्गत नभएको साथै नियमसङ्गत एक प्रतिशत मात्र ढाला काट्नुपर्नेलगायतका माग राखी किसानले उद्योगमा तालाबन्दी गरेका उखु किसान अन्दोलन समितिका अगुवा मुकेश ठाकुरले बताउनुभयो ।

गत वर्षबाट सञ्चालन शुरु गरेको उद्योगले उखु किसानको रु २० करोड बाँकी बक्यौता नै नतिरी यस वर्ष पनि आफूखुशी गुपचुपरूपमा चलान वितरण शुरु गरेपछि किसान आक्रोशित भएका हुन् । उखु किसानको बाँकी बक्यौता भुक्तानीका लागि आफूहरुले पटक–पटक आग्रह गर्दासमेत उद्योगका सञ्चालक वीरेन्द्र कनौडियाले बेवास्था गरेका कारण उखु किसान  तालाबन्दीमा उत्रिन बाध्य भएको गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले बताउनुभयो ।

उखु किसानको भुक्तानी नदिएर उखु किसानलाई ऋणमा डुबाएर आत्माहत्याको अवस्था सिर्जना गर्ने उद्योगलाई र उद्योगका सञ्चालकलाई कडा कारवाही गरिने नगरप्रमुख यादवले बताउनुभयो । उखु किसानले उद्योगबाट आफूहरुले रु २० करोड लिन बाँकी रहेको बताइरहँदा उद्योगले रु १६ करोड मात्र रकम उखु किसानलाई तिर्न बाँकी रहेको उद्योग सञ्चालक कनौडियाले बताउनुभयो । यदि १६ करोड रकम लिन उखु किसान तयार भए आगामी सोमबारसम्ममा उद्योगले भुक्तानी गरिदिने उद्योग सञ्चालक कनौडियाले बताउनुभयो ।

रु १४ करोड एक हप्ताभित्रमा र बाँकी रु दुई करोड केही दिनमा आफूले भुक्तानी दिने बताइरहँदा उखु किसानले अराजक शैलीमा उद्योगमा तालाबन्दी गरेको उद्योग सञ्चालक कनौडियाले बताएका छन् । उद्योग स्थापना भएको पहिलो वर्ष भएका कारण करीब रु १० करोड घाटा लागेको उद्योग सञ्चालक कनौडियाले गुनासो गर्नुभयो । साथै झुटो आवश्वासन दिएर उद्योग सञ्चालन गर्ने तयारीमा उद्योग सञ्चालक रहेको उखु किसान रामसगोरथ रायले बताउनुभयो ।

उद्योग सञ्चालक, जिल्ला प्रशासन कार्यालय सर्लाही, जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली र उखु किसानबीच कात्तिक मसान्तसम्ममा उखु किसानको बाँकी बक्यौता भुक्तानी गरिसक्ने भनी विभिन्न पाँच बुँदे सहमति भएको भए पनि उद्योगले पुसको २० जान लाग्दा पनि भुक्तानी नदिँदा किसान थप चिन्तित बनेका छन् । पटक–पटक सम्झौता मात्र गर्ने तर भुक्तानी नगर्ने गरेका कारण किसान थप आक्रोशित बनेका राष्ट्रिय कृषक समूह महासङ्घका जिल्ला अध्यक्ष सतेन्द्रकुमार ठाकुरले बताउनुभयो । 

त्यसैगरी अन्नपूर्ण चिनी मिलले रु ४० करोड, श्रीराम सुगर मिलले रु ४२ करोड, इन्दिरा सुगर मिलले रु १० करोड, लुम्बिनी सुगर मिलले रु १० करोड र वाग्मती सुगर मिलले रु ११ करोड रकम उखु किसानको गत वर्षको नै भुक्तानी गर्न बाँकी रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक