Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

भत्किएका छाउगोठभित्र नभत्किएका मन

२०७६, २२ पुष मंगलवार ०८:५०

हेमन्त केसी | पुस २२, जाजरकोट | जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ । सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन सुमित्राले आमाबाट सिकेकी थिइन् ।  पुस्ता हस्तान्तरण जस्तै गरी कुसंस्कार पनि आमाबाट छोरी, छोरीबाट नातिनीसम्म पुग्ने गरेको छ ।

अहिले सुमित्रा जस्तै गाउँका अधिकांश महिला छाउगोठ भत्काएर विगतको कुसंस्कारलाई सधैँका लागि अन्त्य गर्ने योजनामा छन् । गाउँमा पढे, लेखेका युवाहरु यो अभियानमा लागे पनि अघिल्लो पुस्ता भने छाउगाठ भत्काउने अभियानमा सक्रियताका साथ सहभागी भएको देखिएको छैन । अघिल्लो पुस्ता अझै देवता रिसाउने र अनिष्ट हुने भन्दै कुसंस्कारको जगेर्नातर्फ उन्मुख भएको झीनो स्वरहरु मसिनो रुपमा उठाउँदै आएका छन् ।

शिक्षित परिवारकै घरमा छाउगोठ भत्काए पनि घरभित्र  चुलो रहेको र देवता ध्वजापताका भएको ठाउँमा भने महिनावारी हुँदा जान नपाउने बाध्यता अझै कायम रहेको छ । विद्यालयमा पढाउने शिक्षकले विद्यालयमा कुप्रथा भन्दै कक्षाकोठामा पढाउँछन् तर घरमा जाँदा छोरी, बुहारी र श्रीमतीलाई महिनावारी हुँदा सात दिनसम्म मूल कोठाको प्रवेशमा रोक लगाउँछन्, अनि कसरी हुन्छ परिवर्तन ? जुनिचाँदे गाउँपालिका–७ का रामबहादुर खड्काले भने ।

उनले भने, ‘हाम्रा सोच, विचार र संस्कारहरु बदल्न आत्मदेखि आनीबानी बदल्न जरुरी छ, शिक्षक आफैं धामी छ, दैनिक छिमेकीको घरमा देवता निकालेर बिरामीलाई भूत, प्रेत र बोक्सी लागेको भन्दै हिँड्छ ? ।’  

जिल्ला प्रशासन कार्यालयले छाउ बस्ने र बस्न बाध्य पार्नेलाई सरकारी सेवासुविधा रोक्ने भन्दै सदरमुकाममा प्रचार गरे पनि त्यो सूचना गाउँगाउँमा पुग्न सकेको छैन । छाउगोठ भत्काउन शुरु गरेपनि मानिसभित्र रहेको कुसंस्कारभित्र रुमलिएका चेतना परिवर्तन नभएसम्म महिनावारी हुँदा भान्सा बस्न नपाउने, दूध, दही, मही, घ्यू खान नपाउने अवस्था ज्यूँका त्यूँ रहेको छ । अहिले पनि छाउगोठ भत्किए तर आमनागरिकका चेतना परिवर्तनका लागि भत्किएका छैनन् । जसकारण महिलाहरु दुःख पाइरहेका छन् । जिल्लाका अन्य ठाउँमा छाउगोठ नभए पनि महिनावारी हुँदा आगो बाल्ने चुलोसम्म जान नपाउने अवस्था विद्यमान छ । 

देवता रिसाउने भन्दै मूल चुलो भएको कोठा र देवताका ध्वजा, पताका भएको ठाउँमा महिनावारी भएको समयमा जान नपाउने अवस्था निरन्तर चलिरहेको डोल्पा मुड्केचुला गाउँपालिका–८ का विष्णु सिंहले जानकारी दिए । उनले भने, ‘सदरमुकाममा हल्ला गर्दैमा ग्रामीण क्षेत्रमा सबै परिवर्तन हुँदैन, हाम्रो ठाउँमा कसले सचेतनाका कार्यक्रम गर्छ र सबैले थाहा पाउन ।’

उनी जस्तै अधिकांश गाउँका महिलाहरु पुरुषका कारण हेपिएका छन् । उनीहरु सामाजिक कुसंकारका रुपमा रहेको परम्परालाई तोड्न खोज्दा अलछिना भनेर पगरी गुथाएर अपहेलना हुँदै आएको पञ्च भयार मावि नलगाड नगरपालिका–८ का शिक्षिका नन्दा शाहीले बताए । उनले भने, ‘परम्पराका नाममा ठूलो ज्यादती रहेको छ, गोठ भत्काएको खबर त सुनियो तर मनमा विगतदेखि पत्थर भएर बसेको परम्परालाई मनबाट हटाउन जरुरी छ ।’

राज्यको मात्र दायित्व नभई सबै सचेत नागरिकले समाजमा भएका गलत मान्यतालाई हटाउनका लागि सङ्गठित भएर लाग्नुपर्ने नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए । उनका अनुसार जनयुद्धमा समेत यस्ता खालका विकृति हटाउने सबै खालका कारवाही गरिएको थियो, सो समयमा छाउगोठ बस्ने, छुवाछूत व्यवहारहरु हटाउनका लागि जनकारवाहीसम्म गर्ने गरी यसको न्यूनीकरण गरिएको थियो ।

उनले अहिले समाज खुल्ला छ, जसले जे गरे पनि मतलब नभएको बताए । कुसंस्कारको विरुद्धमा बोल्ने जो कोही अहिले परम्पराको विरोधी देखिन्छ, त्यसैले सबैजना सङ्गठिन भएर गलत संस्कारका विरुद्ध एकजुट भएर लागे यस्ता खालका गतिविधि शून्यमा झार्न सकिन्छ । जाजरकोट, डोल्पाका अधिकांश गाउँमा अहिले पनि सञ्चारमाध्यमको पहुँच नहुँदा त्यहाँ सचेतनाका कार्यक्रमले छुन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली