2026-06-28 07:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साउदीबाट घर फर्किएको एक हप्तापछि जलाएर श्रीमतिको हत्या

2020-01-26

माघ १२, सिरहा | सिरहाको औरही गाउँपालिका ५ औरहीमा आफ्नो पत्नीलाई जलाएर हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् | शुक्रबार खाना पकाउँने क्रममा २५ वर्षीया अनितादेवी यादवलाई उनका श्रीमान विनोद यादवले जलाएर हत्या गरेको माइती पक्षको भनाइ छ |

आगोले जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगर लागिएको थियो | तर त्यँहा उपचार सम्भव नभएपछि काठमाडौँ लागिएको थियो | उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ |

प्रहरीका अनुसार उनका श्रीमान आफैले आगो लगाएर हत्या गरेको बयानका क्रममा बताएका छन् | माइती पक्षको उजुरीपछि प्रहरीले विनोदलाई पक्राउ गरेको छ | उनी एक हप्ता अघि मात्रै वैदेशिक रोजगारीको क्रममा साउदी अरबबाट घर फर्किएका र  विनोदलाई भाउजुले अनिताको चरित्रको विषयमा कुरा लगाएपछि जलाएर हत्या गरिएको परिवारको भनाई छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी