2026-06-28 06:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

गोसाइँकुण्ड पदयात्रामा हराएका दुई जना युवकको शव भेट्टियो

2020-01-27

माघ १३, बेत्रावती | नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवकको शव सोमबार भेट्टिएको छ | गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौँ जोरपाटीका २० वर्षीय जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेट्टिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए |

उनका अनुसार हराएका व्यक्तिको खोजीका लागि गाउँपालिकामार्फत परिचालन गरिएको पर्यटक गाइडसमेत रहनुभएका तादी गाउँपालिका–१ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले शव भेट्टाएको हो ।

हराएका युवाको खोजीका लागि गाउँपालिका, प्रहरी, स्थानीयवासी एवं आफन्तले हेलिकोप्टरको समेत प्रयोग गरे पनि अवस्था थाहा हुन सकेको थिएन । उनीहरुको खोजीका लागि गाउँपालिकाले रु एक लाख उपलब्ध गराउने जनाएपछि परिचालन भएकामध्ये लालबहादुर तामाङको नेतृत्वमा रहेको उद्धारकर्मीको समूहले फेदीको खोँचस्थित हिउँमा पुरिएको अवस्थामा दुवै जनाको शव बरामद गरेको हो ।

शव परीक्षणका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी