2026-08-29 08:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा आगलागी, एक महिलाको मृत्यु

माघ २१,जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ । प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी ४५ वर्षीया श्रीमती  भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेर नष्ट भएको छ । गएराति १०ः३० बजे गोठमा आगलागी हुँदा ऐडी गोरु फुकाउन जाँदा निस्सासिएर मुत्यु भएको प्रहरीले जनाएको छ । आगलागी भएको स्थलतर्फ प्रहरी निरीक्षकसहित सातजनाको टोली पठाइएको प्रहरी नायब उपरीक्षक धामीले बताए ।  आगलागी हुनाका  कारण र क्षतिको विवरणबारे मुचुल्का उठाउन प्रहरीको टोली जिल्लाबाट घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ  । 

ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण

जुम्लाको हिमा गाउँपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई जाडोका लागि न्यानो ज्याकेट वितरण गरेको छ । यसपटक जुम्लामा अत्यधिक चिसो बढेकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई दृष्टिगत गर्दै न्यानो ज्याकेट वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताए ।

आव २०७६/७७ देखि ज्येष्ठ नागरिकलाई प्रोत्साहन भत्तास्वरूप मासिक रु एक हजार उपलब्ध गराउने पनि निर्णय भएको छ । पालिकाको वडा नं ५ मा एक घर एक खानेपानी धारा निर्माणसम्पन्न गरिसकेको र वडा नं ४ पनि यही योजना शुरु गर्न लागेको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताए ।

गाउँपालिका प्रत्येक वडाहरुमा ग्रामीण सडकको ट्र्याक खोलेको पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए । गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान गर्दै स्वास्थ्यमा दृष्टिगत गर्दै न्यानो ज्याकेट दिएकामा स्थानीय सरकार ज्येष्ठ नागरिकप्रति सम्मान गरेकोे ज्येष्ठ नागरिक रामबहादुर शाहीले बताए ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो