पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन १२, दाङ |</b> दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ | <br></p><p>जिल्लाको लमही नगरपालिका वडा नं. ६ मा दिउँसो रा ३ प ५७११ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी कृष्णबहादुर डाँगीको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ | </p><p>प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो |</p>

