2026-09-12 06:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेख कारागारका महिला कैदीबन्दीमा मानसिक समस्या

फागुन १३, दैलेख | जिल्ला कारागार दैलेखमा रहेका १२ कैदीबन्दी र एक थुनुवा महिलामध्ये नौ जनामा आत्तिने र दुई जनामा अवसाद (डिप्रेसन)को समस्या देखिएको छ । नेपाल प्रहरी अस्पतालका मानसिकरोग विशेषज्ञ डा आशिष दत्तले उनीहरुमा यस्तो समस्या भएको बताउनुभयो । 

दैलेख जिल्ला कारागारमा बहुविवाहका लागि कैद सजाय भुक्तान गरिरहेका यी महिला मानसिक समस्यामा परेका छन् । कैद भुक्तान भइसकेपछि श्रीमान्सँगै बस्न नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाले वैधानिकता नपाउने र समाजमा अपहेलित हुने डरले ती महिलामा मानसिक समस्या परेको हो । 

स्वास्थ्य सेवा कार्यालय दैलेखले गरेको कैदीबन्दी लक्षित मानसिक स्वास्थ्य परीक्षणमा बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिलामा बढी समस्या देखिएको हो । 

डा दत्तका अनुसार कैदीबन्दीको मानसिक स्वास्थ्य परीक्षण, अपराध हुँदाको अवस्था र मुद्दा किनारा लागिसकेपछिको मानसिक अवस्था कस्तो छ भन्नेबारे तीन दिनसम्म चिकित्सकद्वारा कैदीबन्दीको अध्ययन गरिएको थियो । उहाँले बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिला कैदीबन्दीमा मानसिक समस्या देखिएको बताउनुभयो ।

“कैद भुक्तान भइसकेपछि श्रीमान्सँगै बस्न नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाले वैधानिकता नपाउने र समाजमा अपहेलित हुने डरका कारण ती महिलामा यस्तो समस्या देखिएको हो”, दत्तले भन्नुभयो । 

त्यसैगरी लागुऔषध ओसारपसार तथा दुव्र्यसनी मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीमा आत्तिने समस्या देखिएकाले बिरामीलाई औषधि सेवन गर्न सुझाव दिइएको छ । मानसिक स्वास्थ्य कार्यक्रमअन्तर्गत कैदीबन्दीलाई लक्षित गरेर मानसिक स्वास्थ्य परीक्षण, परामर्श तथा औषधोपचार गरिएको दैलेख अस्पतालका डा निरञ्जन पन्तले जानकारी दिनुभयो । 

“अब नियमितरूपमा परीक्षण गरिनेछ”, पन्तले भन्नुभयो । कैद भुक्तानपछि पनि समाजमा जाँदा गाउँ समाजबाट एक्लिने डर र चिन्ताले गर्दा बहुविवाह गरेका महिलामा मानसिक समस्या उत्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । असी पुरुष र २० महिला गरी १०० जनाको क्षमता रहेको जिल्ला कारागारमा कैदीबन्दी र थुनुवा गरी १४२ जना रहेका छन् । दुई नाबालक पनि आमाबाबुसँगै जेलजीवन बिताउन बाध्य छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन