प्रज्वल
पाैडेल , बैशाख २४ / रामेछाप
रामेछापको धोवि दिलौरी
सडकखण्डमा विहिबार अरनिको यातायातको बस दुर्घटना हुनबाट जोगीएको छ । काठमाण्डौबाट सैपू जादै गरेको बा ३
ख २२९९ नं को यात्रुबाहकबसकाे सडकमा लगाइएको गारो भत्किएपछि पछाडि पट्टीका टायर सडकमुनि पुगेका थिए
।
बेलुकि ५ बजेतिर सडकबाट खसेको सो बसलाई मन्थलीबाट जेसिवी डोजर लगेर शुुक्रबार आज विहान २ः३०
बजे निकालेर धोवि ल्याइएको स्थानीय शिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बस गुड्दा गुड्दै सडक भासिएर, भत्किन लागेपछि बसमा सवार यात्रु र
ड्राइभर ओर्लिएका थिए ।भुकम्पपछि बन्द रहेको सो सडक खण्डमा केहि
समय अगाडि मात्र सवारीसाधन चल्न थालेका हुन् । ग्रामीण भेगका सडकमा ठेकेदारको लापरबाहीले सडकमा
गुणस्तरीय काम नहुँदा जोखिम बन्दै गएको छ ।