पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन २०, कैलाली |</b> दुई महिना नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्न डाक्टर गोविन्द केसी डडेल्धुरा लागेका छन् | उनले भोलिदेखि डडेल्धुरा अस्पतालमा दुई महिनासम्म उनले निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने बताएका छन् |<br></p><p>गत कात्तिक १८ गतेदेखि आफूसँग भएका पूर्वसहमति कार्यान्वयन गर्न माग गर्दै प्रा. डा. केसीले डडेल्धुरामा १७ औँ अनसन समेत सुरु गरेका थिए | त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिएपछि डा. केसी सो समयमा ९ दिन अनसन बसेका हुन् |</p><p>डा केसीले उक्त समयमा भारतले नेपाली भूमी कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन आग्रह गर्दै अनसन स्थगीत गरेका थिए | </p>

