बझाङमा भिरबाट लडेर गम्भीर घाइते भएकी युवतीको हेलिकोप्टरमार्फत उद्धार

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

फागुन २१, बझाङ | बझाङमा भिरबाट लडेर गम्भीर घाइते भएकी एक युवतीको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ | जिल्लाको साईपाल गाउँपालिका– ४ धुली लाफडीकी ५४ वर्षीया छ्योई लामालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो |

उनी  दाउरा काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी हुन् | बुधबार बिहान गाउँ नजीकै कृमशैन जंगलमा दाउरा काट्ने क्रममा लडेर झण्डै ४० मिटर तल खसेर वेहोश अवस्थामा रहेकी उनीलाई स्थानीय राक्तोल लामाले गाउँ ल्याएका थिए |

नजिकै रहेको सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा उपचार सम्भव नभएपछि गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीको पहलमा उनीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्जमा मेडीकल कलेजमा लगिएको हो |

हेलिकोप्टरको लागत गाउँपालिकाले बेहोर्ने अध्यक्ष धामीले बताए |

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply