पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन २२, डोटी | </b>डोटीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् |<br></p><p> बैतडीबाट बाजुरातर्फ गइरहेको से १ ज १६३ नम्बरको जीप बिहीबार बिहान साढे ३ बजे जिल्लाको पूर्वीचौकी गाउँपालिका–६, मेलगैरामा दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ | घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको छ | उनीहरुको धनगढी र बाँकीको डोटी अस्पतालमा उपचार भइरहेको छ | </p><p>प्रहरीका अनुसार जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो | जिप सडकबाट करिब २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ |</p>

