Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सर्लाहीमा सशस्त्र प्रहरी जवानले आफैंलाई गोली हाने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन २५&nbsp;, सर्लाही । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । गोली प्रहारबाट उनी गम्भीर घाइते भएका छन् ।</p><p>सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत ३० वर्षीय आन्नद मिश्राले आफैंले बोकेको एसएलआरबाट आफैंतर्फ निशाना सोझ्याएका हुन् । सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले मिश्राले आफैंलाई घाँटीमा गोली प्रहार गरेको जानकारी दिए ।</p><p>सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |</p>