पढ्न करिब 1 मिनेट लाग्छ

चैत ३, कञ्चनपुर | कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ | जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० भुजेलामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा सशस्त्र प्रहरीमा कार्यरत हवल्दार खगेन्द्र जोशीको मृत्यु भएको हो |

बार बेलुकी भुजेला पुल नजिक म १ त १११० नम्बरको ट्याक्टर र म २ प १११२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा जोशीको मृत्यु भएको हो | जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णनन्द भट्टका अनुसार मोटरसाइकल चालक जोशीको मृत्यु भएको हो भने मोटरसाइकलमा सवार भुजेलाकै २८ वर्षीय हरी जोशी घाइते भएका छन् |

दुर्घटनामा घाइते भएका हरी जोशीको खटिमामा उपचार भइरहेको छ |

ट्याक्टर चालक भने फरार छन् भने,ट्याक्टर धनीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ |