Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

किशोरीद्वारा आफ्नो जीवन रक्षा गरिदिन आग्रह

By साझासवाल

चैत ३, कास्की | जिल्लाको माछापुछ्रे गाउँपालिका–३ घाचोक निवासी  मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गर्नुभएको छ । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गर्नुभएको हो ।

चिकित्सकका अनुसार उहाँको दुवै मिर्गौलाले काम गर्न छाडेका छन् । उहाँ गत फागुन ९ गते स्वास्थ्यमा एक्कासि समस्या आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि पुग्नुभएको थियो । उपचारकारका क्रममा चिकित्सकले उहाँका दुवै मिर्गौलामा समस्या रहेको पत्ता लगाएका थिए ।

अहिले उहाँको हप्तामा दुई दिन डायलाइसिस गर्ने गरिएको छ । मिर्गौला प्रत्यारोपण गर्न पोखरामा सम्भव नहँदा चिकित्सकले काठमाडौ रिफर गरेका छन् । “पैसा छैन । कसरी काठमाडौ जानु  रु डाक्टर सरले छिटो काठमाडौ जानुस् भन्नुभएको छ । ”गहभरि आँशु पार्दै पीडित किशोरीले भनिन् ।

उहाँका बुबाआमाले मजदूरी गरेर दैनिक छाक टार्दै आउनुभएको छ । “ उपचार गर्न परिवारसँग पैसा छैन । मेरो जीवनरक्षा गरिदिन सहयोगी हातालाई विनम्र अनुरोध गर्दछु ।”, उनीले भनिन् ।   कक्षा १२ उत्तीर्णपछि स्नातक अध्ययनको तयारीमा रहनुभएका उनीले गत मङ्सिरदेखि गाउँकै मेघराज आधारभूत विद्यालयमा निजी स्रोतमा अध्यापन गर्नसमेत शुरुआत गर्नुभएको थियो ।

किशोरीका बुबा सुरेश परियारले चिकित्सकले आफन्तले मिर्गौला प्रदान गरेको अवस्थामा एउटा मिर्गौला प्रत्यारोपणका लागि रु १८ देखि २० लाखसम्म खर्च हुने बताएको जानकारी दिनुभयो । उहाँले आवश्यक सहयोग गरेर छोरीको जीवन बचाइदिन आग्रह गर्नुभएको छ । किशोरीको स्वास्थ्य समस्याका बारेमा सार्वजनिक भएपछि अहिले गाउँवासी स्वदेश तथा विदेशमा रहेका व्यक्तिले सहयोग गर्ने क्रम शुरु भएको छ । स्थानीय केही युवाले ‘मिर्गौला पीडित सुस्मिता बचाउ’ अभियानमार्फत सहयोग जुटाउन शुरु गरेका छन् ।

किशोरीलाई सहयोग गर्न इच्छुक व्यक्तिले माछापुछ्रे बैंकमा परियारको नाममा खोलिएको खाता नं १८६५५२४६६६७६९०१६ मा जम्मा गर्न सकिने गरी प्रबन्ध गरिएको अभियानकर्मी जिएम रानाभाटले बताउनुभयो ।