Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दाङमा बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत ३, दाङ | </b>दाङमा बसबाट ओर्लंने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ | जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ भोजपुर निवासी ५५ वर्षीया सुशीला वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ |<br></p><p>सोमबार बिहान ८: ४० बजेतिर तुलसीपुरबाट मलवारतर्फ जाँदै गरेको ना ४ ख ५४६३ नम्बरको बसमा सवार वली झर्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन् | उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ |</p><p>चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ |</p>