Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दाङमा पार्किङ गरी राखिएको बसमा अज्ञात समूह द्वारा आगजनी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ६, तुलसीपुर | दाङमा पार्किङ गरी राखिएको बसमा आगजनी भएको छ | जिल्लाको तुलसीपुर बसपार्कमा तीन महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ |

तुलसीपुर उपमहानगरपालिका–५ निवासी सुमन कार्कीको ना४ख ७१८८ नंको बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले  बताएका छन् | बुधबार राति करिब सवा ११ बजे अज्ञात समूहले आगजनी गरेको प्रहरीको भनाइ छ |

प्रहरीका अनुसार,आगलागीबाट गाडीको ‘बडी’ जलेर नष्ट भएको छ | गाडीमा भएको आगजनीलाई प्रहरीले बुधबार राति पौने १२ बजे नियन्त्रणमा लिएको थियो | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |