2026-06-23 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालोबजारी अनुगमन गर्न पेसागत महासङ्घको माग

2020-03-20

चैत ७, काठमाडौँ | कोरोनाभाइरस(कोभिड-१९)को संकट विश्व्यापी फैलिरहेका बेला कालोबजारी गरेर नाफा कमाउनेमाथि अनुगमन गर्न पेसागत महासङ्घले सरकारसँग माग गरेको छ | बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघका महासचिव बिष्णु लामिछानेले नियमित तथा प्रभावकारी अनुगमनको माग गरेका हुन् |

कोरोना भाइरसको त्रासपूर्ण अवस्थामा कालोबजारी गरेर नाफा कमाउनेमाथि कारबाही गर्नुपर्ने महासंघको माग छ | बिज्ञप्तिमा भनिएको छ,"यस त्रासदीपूर्ण अवस्थाको गलत फाइदा उठाउदै दैनिक उपभोग्य लगायतका सामाग्रीहरुको कृतिम अभाब सृजना गरी कालोवजारी गर्ने र देश र जनता शंकटमा परेको मौका छोपी सो वाट फाईदा उठाउँदै अनुचित मुनाफा आर्जन गर्ने गलत तत्वले आफ्नो स्वार्थ पूर्तिगर्न सक्ने अवस्था समेतलाई दृष्टिगत गरी नियमित तथा प्रभावकारी अनुगमनकालागि पेसागत महासङ्घ नेपाल नेपाल सरकार सँग अनुरोध गर्दछ ।"

त्यस्तै पेसागत महासङ्घले सरकारबाट जारी हुने निर्देशन तथा उपायहरुको पालना र उपयोग गर्दै आफू सुरक्षित रहने र सम्वद्ध सवैसँग हातेमालो गरी यस महामारीलाई देश भित्र भित्रन नदिने र भित्रिहाले पनि समूचित सहयोगको व्यवस्था मिलाउन सबै राष्ट्रिय संघ, प्रतिष्ठान तथा महासङ्घ सम्वद्ध सदस्यहरुमा समेत आह्वान गरेको छ | 

त्यस्तै साथै कोरोना भाइरस फैलिएका देशहरुमा काम गर्ने नेपाली श्रमिकहरुको स्वास्थ्यको बिषयमा कुटनीतिक माध्यमबाट पहल गरी उपयुक्त कदम चाल्नका लागि नेपाल सरकारसँग महासंघले माग गरेको छ |  आफ्नो कार्यक्षेत्रमा रहेका श्रमिक पेसाकर्मीहरुलाइ उच्च सतर्कताका साथ काम गर्न तथा अवस्थामा सुधार नआउँदा सम्म राष्ट्रिय स्तरका ट्रेड युनियन संङ्घ संगठनहरुलाई ठूल्ठूला सभा, सम्मेलन, भेला, जुलुस नगर्न, अनावश्यक घर वाहिर ननिस्कन, भिडभाडमा नजान तथा कार्यक्षेत्रमा जनचेतना जगाउने काममा सक्रिय रहन पेसागत महासंघले अनुरोध गरेको छ |

चीनको हुवेइ सहरबाट शुरु भएको नोबेल कोरोना भाइरस (कोभिड-१९) विश्वका विभिन्न देशहरुमा फैलिरहेको छ | हाल सम्म उक्त भाइरसबाट २ लाख ७ हजार भन्दा बढी संक्रमित भइसकेका छन | संक्रमण भएकोमा ८ हजार ६ सय ५७ जनाको मृत्यु भइसकेको छ |

नेपालमा ५२९ जनाको नमुना परीक्षण गरिएकोमा हाल सम्म १ जनाको मात्र पोजिटिभ देखिएको र उक्त व्यक्तिले समेत स्वास्थ्य लाभ गरिसकेको र सो वाहेक हाल सम्म कसैलाइ पनि कोरोना भाइरस नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नेपाल सरकारले समयमा नै देखाएको सजगता र आम नेपाली जनताका सामूहिक सतर्कताका कारणले विश्व भरी महामारिको रुपमा फैलिएको कोरोना भाइरस पूर्ण नियन्त्रण गर्न सफल एक मात्र देश नेपाल हुन गएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना