2026-09-12 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

विद्यालयलाई क्वारेन्टाइनकक्ष बनाइँदै, सचेत बन्दै नागरिक

सुशीला रेग्मी | चिअत १३, पाल्पा | कोरना भाइरसको सङ्क्रमणबाट जोगिन पाल्पाका विभिन्न स्थानीय तहले विद्यालय भवनलाई क्वारेन्टाइन कक्ष बनाएका छन् । तानसेन, रामपुर, बगनासकाली, रम्भा, माथागढी, तिनाउ, रिब्दीकोटका विभिन्न विद्यालयलाई क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ । 

रामपुर नगरपालिका–५ स्थित बालकल्याण प्राथमिक विद्यालयको भवनमा नगरपालिकाले तत्कालका लागि २४ श्ययाको क्वारेण्टाइनकक्ष तयार पारिएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

बाहिरबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षण गरेर १४ दिनसम्म क्वारेन्टाइन कक्षमा राखिने उहाँले बताउनुभयो । तानसेन नगरपालिका–६ स्थित जनप्रिय माध्यमिक विद्यालयमा पचास श्ययाको क्यारेन्टाइन कक्ष बनाउँदैछ । तिनाउ गाउँपालिकाले दोभान माविमा १० श्ययाको क्वारेन्टाइन बनाएको छ । विदेशबाट आएका र कोरना भाइरससँग सङ्क्रमित भएका नागरिकलाई स्वास्थ्य परीक्षण गरेर क्यारेन्टाइनमा राखिने गाउँपालिकाले जनाएको छ । क्वारेन्टाइनमा दुई जना स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

तत्कालका लागि १० श्ययाको क्वारेन्टाइन बनाए पनि यसलाई विस्तार गर्दै जाने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताउनुभयो । दोभान प्रहरी चौकीमा बाहिरबाट प्रवेश गर्ने यात्रुहरुको थर्मल स्क्यानर मेसिनद्वारा स्वास्थ्य परीक्षण गर्ने गरिएको अध्यक्ष मगरले जानकारी दिनुभयो । रम्भा गाउँपालिकाको रम्भा माविमा ५० श्ययाको क्वारेन्टाइन कक्ष बनाइएको छ । विद्यालयमा दुई कोठामा क्वारेन्टाइनको व्यवस्था, शुद्ध खानेपानी, ग्यास तथा खाद्यान्न, लत्ताकपडा, बिजुली जडानको व्यवस्थापन गरेको छ ।

बाहिरबाट गाउँपालिकामा भित्रने नागरिकलाई अनिवार्य स्वास्थ्य जाँच, तीन सामुदायिक स्वास्थ्य केन्द्र भवन, चार स्वास्थ्य केन्द्र र एउटा स्वास्थ्य केन्द्र भवनमा औषधि, मास्क, हातधुने व्यवस्था, स्यानिटाइजर, पञ्जालगायत सामग्रीको व्यवस्थापन मिलाएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

बगनासकाली गाउँपालिकाको चन्द्र माविमा २०, रिब्दीकोट गाउँपालिकाको सरस्वती माविमा १८, माथागढी गाउँपालिकाको दिपज्योति नमूना माविमा १५ श्ययासहितको क्वारेण्टाइन तयार गरिएको छ ।

भारतबाट फर्केका होम क्वारेन्टाइनमा

पाल्पाको रामपुर नगरपालिकामा भारतबाट फर्किएका ४२ जना होम क्वारेन्टाइनमा बसेका छन् । केही दिनअघि भारतबाट गाउँ फर्केका रामपुर नगरपालिका–१० का नागरिक कोरना भाइरसबाट सजग रहन होम क्वारेन्टाइनमा बसेको पाइएको छ ।

रामपुर नगरपालिकाले घुम्ती टोलीका क्रममा बुधबार भारतबाट फर्केका यहाँका ४२ नागरिक आफ्नो सुरक्षाका लागि सतर्क रही होमक्वारेन्टाइनमा बसेको भेटिएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । “भारतबाट भर्खर आएका धेरै नागरिक छन् भनी थाहा पाएपछि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टोली घरघरमा पुगेर सोधपुछ गर्दा उनीहरु आफैं सजग रहेर होमक्वारेन्टाइनमा सुरक्षित तरिकाले बसेको पाइएको छ”, नगरप्रमुख थापाले भन्नुभयो ।

कोभिड–१९ को सचेतनास्वरुप भारतलगायत तेस्रो मुलुकबाट आएकालाई होमक्वारेन्टाइन तथा रामपुर नगरपालिकाले तयार पारेको क्वारेन्टाइन कक्षमा बस्न सुझाव दिइएको नगरप्रमुख थापाको भनाइ छ । बाहिरबाट गाउँ आएका नागरिकको वडा–वडामा निगरानी गर्ने काम भएको छ । यस्तै रामपुर नगरपालिकाले विभिन्न सिमानाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

सुनसान बन्दै पाल्पा

सरकारले लकडाउन गरेपछि पाल्पा जिल्लाको वातावरण सुनसानमय बनेको छ । अति आवश्यक सवारी साधन केही फाट्टफुट्टरूपमा मात्र चलेका छन् भने नागरिक घरबाट बाहिर निस्केका छैनन् । जिल्ला सदरमुकाम तानसेन, रामपुर, आर्थोकलगायतका बजार ठप्प छन् । जिल्लाका १० वटै स्थानीय तहमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षाका लागि  नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली मुख्य बाटो तथा चोकमा खटिएका छन् । सडकमा जथाभावी हिँड्नेलाई घरमा बस्न सचेत गराइएको छ ।

जिल्लामा सञ्चालन हुँदै आएका विभिन्न व्यापार, व्यवसाय, उद्योग कलकारखाना बन्द छन् । विभिन्न योजनाका काम पनि बन्द गरिएको छ । जिल्लाका मुख्य नाकामा आवतजावत बन्द गरिएको छ । रामपुर नगरपालिकामा लकडाउनलाई मजबुत बनाइएको छ । रामपुरका विभिन्न सीमानाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट घर आएका नागरिकलाई खोजी गर्न र उनीहरुको स्वास्थ्य परीक्षणका लागि घुम्ती टोली परिचालन गरिएको छ । शङ्कास्पद लागेमा उनीहरुलाई स्वास्थ्य परीक्षण गरेर रामपुर नगरपालिकाले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ । 

सचेत बन्न थाले नागरिक 

नागरिक पनि सचेत बन्न थालेका छन् । आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने अभियानमा लकडाउनको समर्थनमा नागरिक लागेका छन् । लकडाउनको पहिलो दिन केहीले अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मङ्गलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्म निषेधाज्ञा लगाएको छ । नागरिक सुरक्षाका लागि सेल्फ क्वारेण्टाइनमा बसेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन