2026-09-12 05:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

चेतनास्तर नै कमजोर, सुरक्षित रहन आग्रह गर्दा असहयोग

हेमन्त केसी | चैत १६, जाजरकोट | कोरोनाको जोखिम बढेसँगै वैदेशिक रोजगारीबाट घर फर्कनेदेखि अन्य कामले घर बाहिर भएकाहरु धमाधम चोरबाटो फर्कँदा स्वास्थ्य परीक्षण हुन नसकेको पाइएको छ । 

गाउँ–गाउँमा सुरक्षितरूपमा बस्न आग्रह गर्दा पनि कसैले नमानेको स्थानीय सरकारले बताएका छन् । बाटोमा स्वास्थ्य जाँच भइरहेको ठाउँमा सुरक्षाकर्मीसहितको स्वास्थ्यकर्मी टोली खटिएको भए पनि अर्को बाटो प्रयोग गरेर गाउँमा छिर्नेको सङ्ख्या ठूलो रहेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो । जिल्लाका सबै पालिकामा यही समस्या देखिएको छ । 

प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मी लगातार गाउँगाउँमा माइकिङ गरिरहेको भए पनि कसैले वास्ता नगरेको उहाँको भनाइ छ । गाउँहरुले स्थानीय सरकारले प्रवाह गरेको सन्देशभन्दा देवीदेवतालाई बलि दिन देवीदेवताका मन्दिर तथा थानमा पुगेको उहाँको भनाइ छ । नलगाड नगरपालिकाको एैरारी तीन बोकाको बलि दिइएको छ ।

बारेकोट गाँउपालिका–२ देवीदेउता र धामीझाँक्रीमा विश्वास गर्ने ठूलो जमात भएकाले कोरोना महामारी गाउँमा आउन नदिन बलि चढाएको वडा नं १ का वडाध्यक्ष द्वारिका बुढाले बताउनुभयो । अझै आफ्ना जहान केटाकेटी बचाइदिन माग गर्दै देउतालाई पछि बलि दिने भन्दै धेरैले भाकल गरेको उहाँले बताउनुभयो । जुनिचाँदे गाउँपालिकामा भारत तथा अन्य मुलुकमा आएका स्थानीयवासीको खोजीकार्य जारी रहेको स्थानीय पत्रकार रेशमबहादुर खड्का बताउनुभयो । जुम्लाको सिमानासँग जोडिएको कुशे गाउँपालिकामा जनप्रतिनिधि आफैँ माइकिङ गर्दै गाउँगाउँमा पुगेको पाइएको छ । वडा नं १ का अध्यक्ष गोपाल नेपाली आफैँ गाउँगाउँमा पुगेको बताएका छन् । 

उता नलगाड नगरपालिका वडा नं का शिक्षक बखतबहादुर केसीले आफ्नो वडामा कसैले पनि जनचेतना तथा विदेशबाट आएका व्यक्तिको खोजी नगरेको सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले भन्नुभएको छ, “जताततै जनचेतना फैलाएको मिडियामा सुनिन्छ तर हाम्रो गाउँमा अत्तोपत्तो केही छैन त ?” जिल्ला सदरमुकामलगायत स्थानीय तहका मुकाममा लकडाउनको प्रभाव परे पनि गाउँमा लकडाउनको प्रभाव शून्य रहेको छ । स्थानीयवासी खुलेआम काममा हिँडिरहेको पाइएको छ । 

भारतमा कोरोना भाइरसको जोखिम बढेपछि मजदुरीका लागि गएकाहरु धमाधम घर फर्किएका छन् । उनीहरु आफूलाई केही नभएको भन्दै निर्वाध घरपरिवार र साथीभाइसँग घुलमिल गरिरहेका छन् । 

सङ्क्रमण भए पनि तत्काल लक्षण नदेखिँदा जोखिम बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ । अहिलेसम्म भारतबाट कति मानिस फर्किए भन्ने कसैले तथ्याङ्क राखेका छैनन् । ठूलो सङ्ख्यामा भारतबाट मजदुर फर्के पनि केही सीमित सङ्ख्याबाहेक क्वारेन्टाइनमा राखिएको छैन । घरको मूलढोका खनेर कोइला भेटिएको भन्दै तेलमा राखेमा मात्र कोरोनाबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासका कारण सबैले ढोकामा खन्ने गरेको पाइएको छ ।

भेरी, छेडागाडले हाइअलर्ट एम्बुलेन्स 

भेरी नगरपालिकाले प्रत्येक वडाध्यक्षसहित नगरप्रमुख, उपप्रमुख र कर्मचारीको कार्यविभाजन गरेको तालिका सार्वजानिक गरेको छ । एम्बुलेन्ससमेत तयारी हालतमा रहेको भेरी नगरले बताएको छ । त्यस्तै छेडागाड नगरपालिकाले पनि सबैको कार्यविभाजनसहित निःशुल्क एम्बुलेन्स तैनाथ गरिएको उपप्रमुख सरिता ओलीले जानकारी दिनुभयो । सङ्क्रमणदेखि क्वारेन्टाइन लैजानका लागि एम्बुलेन्स तयारी अवस्थामा रहेको जानकारी गराएको छ । 

विदेशबाट आएकासहित १०७ होम क्वारेन्टाइनमा

विदेशबाट आएका ५८ सहित नेपाली सेनाका ४९ जवानलाई होम क्वारेन्टाइनमा राखिएको छ । स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको सक्रियतामा उनीहरुलाई क्वारेन्टटाइनमा राखिएको हो । छिमेकी मुलुक भारत तथा मलेशिया, दुबई, कतारलगायतका देशमा वैदेशिक रोजगारीबाट फर्केका ५८ जनालाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको हो ।

जिल्ला प्रवेश गरेलगत्तै उनीहरुलाई आवश्यक परामर्शसहित १४ दिन घरमै क्वारेन्टाइन बस्न लगाएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । होम क्वारेन्टाइनमा बस्ने भेरी नगरपालिकामा २९, शिवालय गाउँपालिकामा १८, छेडागाड नगरपालिकाको वडा नं ३, ६ र १० मा आठ, बारेकोट गाउँपालिका–९ मा तीन जना छन् । यसैबीच नेपाली सेनाको जाजरकोटस्थित ज्वालादल गणमा जिल्ला बाहिरबाट आएका ४९ सैनिकलाई पनि क्वारेन्टाइनमा राखिएकोे छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग