Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

रामपुरमा १३५ नागरिक होम क्वारेन्टाइनमा

२०७६, १६ चैत्र आईतवार ०३:५२

चैत १६, पाल्पा | भारतलगायत विभिन्न मुलुकबाट फर्केका १३५ जना रामपुर नगरपालिकामा होम क्वारेन्टाइनमा बसेका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट सजग रहन नगरपालिकामा बाहिरबाट भित्रिएका १३५ जनालाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ ।

वडावडामा विदेशबाट फर्केका नागरिकको लगत सङ्कलन गरी उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । “वडावडामा पुगेर लगत सङ्कलन गरेर स्वास्थ्य जाँच गरी होम क्वारेन्टाइनमा बसाइएको छ, यही चैत १३ गते भारतबाट रामपुर आएका नौ जनालाई सिधै नगरपालिकाले तयार पारेको क्वारेन्टाइनमा लगेर राखिएको छ”, नगर प्रमुख थापाले भन्नुभयो ।

होम क्वारेन्टाइनमा बसेका नागरिकहरु पनि सुरक्षित तरिकाले घरमा बसेका छन् । नगरपालिकाले गाउँगाउँमा दुई वटा घुम्ती टोली खटाएको छ । नगर प्रमुख थापाको नेतृत्वमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, नेपाली सेना, स्वास्थ्यकर्मी सहितको टोली गाउँ गाउँमा परिचालित छन् । 


खाद्यान्न तथा नगद सहयोग 

नगरपालिकाले तयार पारेको क्वारेन्टाइन कक्षमा बसेका नागरिकका लागि ग्रामीण जागरण युवा समाजले खाद्यान्न तथा नगद सहयोग गरेको छ । नगरपालिका–५ स्थित बालकल्याण प्राथमिक विद्यालयको क्वारेन्टाइन कक्षमा बसेका नौ नागरिकका लागि खाद्यान्न तथा नगद सहयोग गरिएको हो । समाजले शनिबार दाल, चामल, तरकारी, दूध, अण्डा, तेल, फलफूललगायतका खाद्यान्न सामग्री सहयोग गरेको अध्यक्ष मनोरथ भट्टराईले बताउनुभयो । 

क्वारेन्टाइन कक्षमा बसेका नागरिकलाई खाद्यान्नसहित रु ३१ हजार ५०० वडाध्यक्ष हिमाल मल्ललाई हस्तान्तरण गरिएको छ । समाजका सदस्य, सामाजिक व्यक्तित्वहरुबाट प्राप्त खाद्यान्न तथा रकम सहयोग गरिएको उपाध्यक्ष दुर्गाप्रसाद भट्टराईले बताउनुभयो । क्वारेन्टाइनमा रहेका नागरिकलाई शनिबार बिहानसम्म होटलबाट खानाको व्यवस्था गरे पनि अहिले होटल पाउनै मुस्किल भएको वडाध्यक्ष हिमाल मल्लले बताउनुभयो । 

स्थानीय तहको सक्रियता

यसैबीच जिल्लासँग जोडिएका विभिन्न सीमानाकामा उच्च निगरानी बढाइएको छ । भारतलगायत विभिन्न मुलुकबाट नेपाल आएका नागरिक लुकिछिपी गाउँगाउँमा प्रवेश गर्न थालेपछि सीमानाकामा उच्च निगरानी गर्न थालिएको हो ।

पाल्पाको तराईसँग जोडिएको निस्दी गाउँपालिका, माथागढी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकालगायतका विभिन्न नाकामा निगरानी गर्ने काम भइरहेको छ । एकअर्का स्थानीय तहसँग जोडिएका सीमानाकामा पनि सोधपुछ र स्वास्थ्य परीक्षण गर्ने काम भएको छ । अनुमतिबिना बाहिरबाट आएका नागरिकलाई सिधै प्रवेश गर्न दिइएको छैन ।

कोरना भाइरसको सङ्क्रमण रोक्न स्थानीय तहहरु सक्रिय भएर लागेका छन् । बाहिरबाट यहाँ भित्रिने नागरिकलाई स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश दिइएको छ । जिल्लाका दश वटै स्थानीय तहले आआफ्नै क्षेत्रमा बाहिरबाट घर फर्केका नागरिकको खोजीतलासी, ठाउँठाउँमा स्वास्थ्य सहायता कक्ष, गाउँगाउँमा घुम्ती टोली परिचालन गरिरहेका छन् ।

भाइरस सङ्क्रमणबाट सचेत रहन नगरपालिका तथा गाउँपालिकाका कार्यालयहरुले टोलटोलमा माइकिङ गरी नागरिकलाई सचेत बनाइरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश