२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रोल्पा रुकुमको सिमानामा हेल्पडेस्क

२०७६, १६ चैत्र आईतवार ०४:१४

चैत १६, रुकुम | रुकुमपूर्व र रोल्पाको सीमानाकामा हेल्पडेस्क स्थापना गरिएको छ । विश्वभरि महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्न जिल्लाको भुमे गाउँपालिका–९ चुनबाङले रोल्पासँग सिमाना जोडिएको मुख्य नाका सिमलबोटमा हेल्पडेस्क स्थापना गरेको हो । 

सरकारले लकडाउन घोषणा गरे पनि त्यसको अवज्ञा गर्दै मानिस रोल्पा रुकुम गर्ने क्रम नरोकिएपछि सीमानाकामा हेल्पडेस्क स्थापना गरिएको वडाध्यक्ष प्रवेश पुनले बताउनुभयो । रोल्पाका मानिस चुनबाङ भित्रिने मुख्य नाका सिमलबोट रहेको भन्दै त्यस ठाउँमा स्थापना गरिएको हेल्पडेस्कमा जनप्रतिनिधि, प्रहरी र स्वास्थ्यकर्मीसहितको टोलीलाई खटाइएको उहाँले बताउनुभयो । 

हेल्पडेस्कमा बस्ने टोलीले रोल्पालगायतका अन्य जिल्लाका मानिसलाई जिल्ला प्रवेश गर्न नदिने र आफ्नै वडाका नागरिकको भने विवरण सङ्कलन र स्वास्थ्य परीक्षण गर्ने छ । त्यसैगरी उनीहरुलाई कोरोना भाइरसको लक्षण र यसबाट बच्ने उपायका बारेमा पनि जानकारी गराइने वडा अध्यक्ष पुनले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट