2026-09-12 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने १२ जना पक्राउ

वैशाख २, सिरहा | प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ  । कोविड –१९) को जोखिम हुन नदिन सरकारले जारी राखेको बन्दाबन्दी(लकडाउन)को उल्लङघन गरी हिडडुल गरिरहेका स्थानीयलाई सम्झाउन पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीमाथि सिरहा नगरपालिका १७ पटेर्वाका स्थानीयले ढुङ्गामुढा गर्न थालेपछि गएराती प्रहरी र स्थानीयबीच झडप भएको थियो । 

सो क्रममा ढुङ्गा लागेर चार जना प्रहरी घाइते भएको थिए । प्रहरीले स्थितिलाई नियन्त्रण लिन १२ जना स्थानीयलाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालमा राखेर कानुनी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरिक्षक बिनोद घिमिरेले जानकारी दिनुभयो । 

उच्च सतर्कता

कोविड –१९ को जोखिममा रहेको प्रदेश २ मा कोरोना सङक्रमितको सङ्ख्या बढ्दै गएपछि थप सतकर्ता बढाइएको छ ।  प्रदेश सरकार लकडाउनलाई प्रभावकारी बनाउने र कोभिड–१९ को परीक्षणको दायरा बढाउने रणनीतिमा जुटेको छ ।  भारतीय सीमा नाकामा सुरक्षा पोष्ट थपिएको प्रदेश २ सरकारका प्रवक्ता आन्तरीक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो । 

सङक्रमित व्यक्ति पुगेका स्थानलाई उच्च निगरानीमा राखेको र आवश्यक परेको खण्डमा ती स्थानलाई शील गर्नेसम्मको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । “सुरुमा ती स्थानमा चेकजाँच र निरीक्षण गरिनेछ”, मन्त्री यादवले भन्नुभयो,“ ती स्थानहरुलाई शील गर्नुपर्ने अवस्था आए, त्यो पनि गर्न सकिने तयारी छ ।” 

गत चैत २१ गतेबाट परिक्षण शुरु गरिएको प्रदेश २ मा गत शनिबारसम्म ३६३ जनाको स्वाव सङकलन भएकोमा १३२ जनाको मात्र स्वाव परीक्षण रिपोर्ट आएको छ ।   सबैको रिपोर्ट निगेटिभ आएको छ । बाँकी २३१ जनाको जाँच रिपोर्ट आउन नसकेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताउनुभयो ।  

प्रमुख धार्मिक पटर्यटकीय स्थलहरु सुनसान 

प्रत्येक बर्षको पहिलो दिनदेखि नै ठुलो मेला लाग्ने सिरहाको प्रमुख धार्मिक पर्यटकीय स्थलहरु यतिबेला सुनसान छन् । कोबिड –१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी भएपछि सिरहाको प्रमुख पर्यटकीय स्थल लहान नगरपालिकास्थित सलहेश फूलबारीमा प्रत्येक बर्षको वैशाख १ मा लाग्ने विशेष मेला, बैशाख २ गते लाग्ने गरेको लहान नगरपालिका १५ स्थित पकरीयागढ मेला, मानिक दह, लक्ष्मीपुर पतारी गाउँपालिकास्थित पतारी मेला र गोलबजारस्थित धमनीमाई मेला यसबर्ष स्थगित हुदाँ यि स्थलहरु सुनसान छन् । 

सिरहाको लहान बजारदेखि ५ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित सलहेश फूलबारीको मध्य भागमा मालिनीको गहवर (मन्दिर) सँगै रहेको हारमको रुखमा एक दिन अर्थात बैशाख १ गते मात्र फुल्ने विश्वास गरिएको माला आकारमा देखिने सुनाखरी प्रजातिको फूल हेर्न बर्षेनी नेपाल र भारतका हजारौं श्रद्धालुहरुको भिड लाग्ने गथ्र्यो ।

जिल्ला विपद् व्यवस्थापन समिति सिरहाले गत २५ चैतमा सलहेश फूलबारीसहितका ठाउँमा मेला लगाउन नदिने निर्णय गरेपछि करिब १ हजार ५०० बर्षअघि देखि लाग्दै आएको सलहेश फूलबारी मेला पहिलो पटक सुनसान बनेको सलहेश फूलबारीका पूजारी ३७ वर्षीय जितेन्द्र सिंह धामीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सलहेशको पूजा गर्नेमा म २१ औं पुस्ताको हुँ’ यो वर्ष मात्र कोरोना भाइरस संक्रमण फैलिन सक्ने कारणले मेला लाग्न नसकेको हो ।” मेला नलाग्ने थाहा हुँदाहुँदै भाकल चढाउन गएकाहरु सलहेश फूलबारीको मूल ढोका नजिकै बाहिरबाट धुप, अगरबत्ती, तुलसी, फुल चढाएर फर्किएका छन् । 

सलहेश फूलबारीभित्र रहेको मालिनी गहवर नजिकै रहेको दुईवटा हारमको रुपमा ढकमक्क सुनाखरी फूल फुलेको भएपनि सुनसान रहेको छ । मालिनी गहबर नजिकैको सलहेश गहवर (मन्दिर) पनि सुनसान रहेको छ । 

सलहेश फूलबारीमा रहेको ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फूल्ने र साँझ ओइलाएर जान्ने गर्छन् । उक्त रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसका प्रेमिका मालिनीको गहबर (मन्दिर) संगै टाँसिएको छ । माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । 

वनस्पतिविद्का अनुसार छैटौँ र सातौं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन । यस्तै सलहेशसंगै जोडिएको पोखरियागढमा बैशाख २ गते मेला लाग्ने गरेको छ भने सोही दिन पतारी पोखरी मेला लाग्ने गरेको छ ।

वैशाख १ र २ गते जिल्लाको बिभिन्न स्थानमा लाग्ने मेलामा आवतजावत रोक्न प्रहरी परिचालन गरिएको छ । मेला र महोत्सवका कारण कोरोना भाइरको सङक्रमण फैलिन सक्ने भएकाले स्थानीय तहका जनप्रतिनिधिहरुसँगको सल्लाहमा मेला स्थगन गरी भीडभाड हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको  प्रमुख जिल्ला अधिकारी सरोज कुमार गुरागाईँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन