2026-09-13 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

मेयरको गाउँमा भिँडभाँड सहित राहत बितरण, सामाजिक संञ्जालमा चर्को बिरोध

सम्राट सिंह | वैशाख ५, बझाङ | जयपृथ्वी नगरपालिका का मेयरको गाउँमा भिँडभाँड गरी राहत बितरण गरेपछि सामाजिक संञ्जालमा चर्को बिरोध छाएको छ । जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र खडकाको गाउँ जयपृथ्वी नगरपालिका ३ पडेसमा लकडाउनको समयमा बुधबार ठुलो भिँड गरी राहत बिरतण गरेपछि सामाजिक संञ्जालमा चर्को बिरोध छाएको हो ।

सदरमुकाम चैनपुरमा घर बाहिर निस्किएका मानिसहरुलाई प्रहरीले नियन्त्रण लिने गरेको भएपनि गाउँमा भने मेलापर्व,ठुलो संख्यामा जमघट हुने र राहत बितरण गर्दा समेत ठुलो संख्यामा भिँडभाँड गर्ने जस्ता क्रियाकलापहरु भने रोकिएका छैनन ।

सरकारले बैशाख १५ गतेसम्म लकडाउन घोषणा गरिरहेका बेला मेयरकै गाउँमा सरकारको लकडाउन उलङघन गर्दै ठुलो संख्यामा मानिसहरु बोलाई राहत बितरण गरेपछि सामाजिक संञ्जालमा विभिन्न टिका टिप्पणी छाएको  स्थानियहरुले बताएका छन । 

नेपालमा कोरोना भाइरसका १६ जना संक्रमित भेटिएपछि सरकारले एक स्थानिय तहबाट अर्को स्थानिय तहमा आवतजावतमा समेत रोक लगाएको बेला नगरपालिकाले भिँडभाँड गरी राहत बितरण गरेर सरकारको निर्देशनको अटेरी गरेको जयपृथ्वी नगरपालिका ३ का बल बहादुर खडकाले बताए । उनले यस्ता स –साना लार्पबाहिले गर्दा कोरोना भाइरसले महामारीको रुप लिन सक्ने भन्दै सबैले सचेत रहन आग्रह गरे ।

सरकारले अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन सर्बसाधारणलाई अनुरोध गरिरहेका बेला गाउँमा भने लकडाउनको कुनै प्रभाव परेको देखिदैन । यसरी बिश्वमा महामारी फैलिरहेको बेला धेरै मानिसहरु उपस्थित गराएर राहत बितरण गर्दा समेत यहाँका सरोकारवालाहरु बे–खबर बनेका छन ।  

धेरै मानिसहरु भेला गरी राहत बितरण गरेपछि जयपृथ्वी नगरपालिका ३ का जगत बिष्ट राहत बितरणलाई व्यंग्य गर्दै सामाजिक संञ्जालमा लेख्छन “यो मेरो पडेसको दृश्य हो । यहाँ कोरोना सोरोनालाई पडेसकाहरु भाँटा हानेर मारिदिन्छौ, फरक पर्दैन– नियम कानुन भन्दा त हामी कति माथि छौ कति ।। 

बझाङ मष्टा गाउँपालिकाका दिपक रोकाया लेख्छन– निर्माण का काम गर्न नदिई राहत को नाम मा गाऊँ गाऊँ मेला भन्दा ठुलो भिडभाड बनाऊनु यो राज्य को लकडाऊन हो कि के हो ? राहत को नाम मा कोरना त बाडीराखेका त छैनन् ?बाडेपनि निती नियम को पालना गरी बाड्न सकिदैन होला ? मेरो देस।।

दुर्गा प्रसाद लेख्छन, बझाङबासीमा कोरोना सम्बन्धी जन चेतनाको जरुरी देखिएको छ त्यस्तै चक्र बोहरा लेख्छन –राहत बितरण गर्ने र लिने मान्छेलाई कोरोना आउदैन रे ।तै पनि सदरमुकाम नजीक ।। लगायतका थुप्रै टिका टिप्पणी सामाजिक संञ्जालमा अभिव्यक्त भएका छन । 

बिश्वमा कोरोना भाइरसको महामारी फैलिरहेको बेला भिँडभाँड नगरी राहत बितरण गर्न भनेका थियौ, सुरुमा त भिँडभाँड नगरी सुरक्षित तरीकाले राहत बितरण गरेका रहेछन– जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र खडकाले भने राहत बितरण गर्दा गर्दै अन्तिममा पानी पर्न थालेपछि भिँडभाँड देखिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन