१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पारिश्रमिक विवादले दोलखामा तथ्याङ्क संकलन अन्यौलमा

११ माघ २०७२, सोमबार १३:२७

ताराबहादुर महत । माघ ११ दोलखा। राष्ट्रिय तथ्याङ्क विभागले गत पौष १९ गतेदेखि दोलखामा शुरु
गरेको भुकम्पको क्षतिको तथ्याङ्क संकलन कार्य केहि गाविसमा रोकिएको छ ।

तथ्याङ्क संकलनको काम भईरहेको अवस्थामा सामाजिक परिचालक तथा सहयोगी कर्मचारीले पारिश्रमिकको
विषयलाई लिएर सहयोग नगरेपछि काम रोकिएको मागापौवा गाविसका स्थानिय दुर्गाबहादुर मोक्तानले जानकारी
दिनुभयो । सामाजिक परिचालक र सहयोगी कर्मचारीलाई यसअघि मासिक १६ हजार रुपिँयाका दरले पारिश्रमिक दिने
भनिएकोमा हाल १२ हजार मात्र दिने भनिएपछि जिल्लाका मागापौवा, लाकुरीडाँडा, बोच, भुषाफेदा, दुधपोखरी
लगायत केहि गाविसका सामाजिक परिचालक तथा सहयोगी कर्मचारीको सहयोग नहुँदा आजबाट काम रोकिएको छ भने
कतिपयले पारिश्रमिक घटेको बारेमा नै जानकारी नभएकोले कामलाई निरन्तरता दिईरहेको बताएका छन् ।

तर तथ्याङ्क संकलनको लागि सहयोग गरीरहेको जिल्ला विकास समिति दोलखाकी
स्थानिय विकास अधिकारी सीता परियारले भने कुनै पनि गाविसमा काम नरोकिएको बताउनुभयो । साथै उहाँले
सामाजिक परिचालक र सहयोगी कर्मचारीलाई मासिक १६ हजार रुपिँया पारिश्रमिक दिने भनेर कुनै कागजातमा
हस्ताक्षर नगराएको र स्थानिय विकास मन्त्रालयले तोके बमोजिम मासिक १२ हजार रुपिँया पारिश्रमिक दिने
जानकारी दिनुभयो । हिजोसम्ममा जिल्लाका २५ हजार घरका ३० हजार ७ सय परिवारको तथ्याङ्क संकलन भएको जिल्ला
विकास समिति दोलखाले जनाएको छ । राष्ट्रिय तथ्याङ्क विभागले पहिलो चरणमा भुकम्पले भौतिक संरचनामा
पु¥याएको क्षतिको तथ्याङ्क संकलनका लागि इन्जिनियर र सामाजिक परिचालक तथा सहयोगी कर्मचारीको टोली
दोलखाका सबै गाविस र नगरपालिकामा गत पौष १९ गतेदेखि खटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव