2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पारिश्रमिक विवादले दोलखामा तथ्याङ्क संकलन अन्यौलमा

ताराबहादुर महत । माघ ११ दोलखा। राष्ट्रिय तथ्याङ्क विभागले गत पौष १९ गतेदेखि दोलखामा शुरु
गरेको भुकम्पको क्षतिको तथ्याङ्क संकलन कार्य केहि गाविसमा रोकिएको छ ।

तथ्याङ्क संकलनको काम भईरहेको अवस्थामा सामाजिक परिचालक तथा सहयोगी कर्मचारीले पारिश्रमिकको
विषयलाई लिएर सहयोग नगरेपछि काम रोकिएको मागापौवा गाविसका स्थानिय दुर्गाबहादुर मोक्तानले जानकारी
दिनुभयो । सामाजिक परिचालक र सहयोगी कर्मचारीलाई यसअघि मासिक १६ हजार रुपिँयाका दरले पारिश्रमिक दिने
भनिएकोमा हाल १२ हजार मात्र दिने भनिएपछि जिल्लाका मागापौवा, लाकुरीडाँडा, बोच, भुषाफेदा, दुधपोखरी
लगायत केहि गाविसका सामाजिक परिचालक तथा सहयोगी कर्मचारीको सहयोग नहुँदा आजबाट काम रोकिएको छ भने
कतिपयले पारिश्रमिक घटेको बारेमा नै जानकारी नभएकोले कामलाई निरन्तरता दिईरहेको बताएका छन् ।

तर तथ्याङ्क संकलनको लागि सहयोग गरीरहेको जिल्ला विकास समिति दोलखाकी
स्थानिय विकास अधिकारी सीता परियारले भने कुनै पनि गाविसमा काम नरोकिएको बताउनुभयो । साथै उहाँले
सामाजिक परिचालक र सहयोगी कर्मचारीलाई मासिक १६ हजार रुपिँया पारिश्रमिक दिने भनेर कुनै कागजातमा
हस्ताक्षर नगराएको र स्थानिय विकास मन्त्रालयले तोके बमोजिम मासिक १२ हजार रुपिँया पारिश्रमिक दिने
जानकारी दिनुभयो । हिजोसम्ममा जिल्लाका २५ हजार घरका ३० हजार ७ सय परिवारको तथ्याङ्क संकलन भएको जिल्ला
विकास समिति दोलखाले जनाएको छ । राष्ट्रिय तथ्याङ्क विभागले पहिलो चरणमा भुकम्पले भौतिक संरचनामा
पु¥याएको क्षतिको तथ्याङ्क संकलनका लागि इन्जिनियर र सामाजिक परिचालक तथा सहयोगी कर्मचारीको टोली
दोलखाका सबै गाविस र नगरपालिकामा गत पौष १९ गतेदेखि खटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई