Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जमातीहरुलाई परीक्षणमा ल्याइँदै

२०७७, ९ बैशाख मंगलवार ०३:२२

वैशाख ९, धनुषा | जिल्लामा लुकेर बसेका हुन सक्ने जमातीहरुलाई कोरोना उपचार तथा क्वारेन्टाइनमा ल्याई सहयोग गर्न आग्रह गरिएको छ 

जिल्ला प्रशासन कार्यालय धनुषाले मुस्लिम अगुवाहसँग समग्र शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता सम्बन्धमा बैठक गरी सो आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले विभिन्न राजनीतिक दलका मुस्लिम प्रतिनिधि तथा मौलानाहरुलाई जमातीहरुलाई परीक्षणमा ल्याउन सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यालयका सुचना अधिकारी गणेशचन्द्र मिश्रका अनुसार बैठकले जिल्ला भित्र रहेका सम्पूर्ण मन्दिर, मस्जिद, गुम्बालगायतका धार्मिक संरचनामा नवआगन्तुक तथा अपरिचित व्यक्तिलाई वास नदिने तथा नयाँ व्यक्तिहरु आएमा सम्बन्धित संस्थाले तत्काल स्थानीय प्रशासनलाई खबर गर्ने र सामाजिक सञ्जालबाट कुनै पनि अफवाह नफैलाउन नहुने निर्णय गरेको छ ।

नेपालमा जमात समूहका मुस्लिमबाट कोरोनाको जोखिम बढेको भन्दै उनीहरुको तथ्याङ्क तत्काल सङ्कलन गर्न राष्ट्रिय मुस्लिम आयोगले पनि निर्देशन दिइसकेको छ ।

उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा तीनजना जमात समूहमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आयोगले उक्त तथ्याङ्क मागेको हो । अध्यक्ष समीम मियाँ अन्सारीका अनुसार नेपालमा करीब १०० विदेशी धार्मिक जमात छन् । उनीहरु धार्मिक कार्यमा आएका समयमा लकडाउनका कारण विभिन्न मस्जिदमा रोकिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश