Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हुम्लाको तल्लो क्षेत्रमा परीक्षण

By साझासवाल 2 मिनेट पढाइ

वैशाख ९, हुम्ला | हुम्लाको तल्लो क्षेत्रमा रहेका पाँच गाउँपालिकामा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना परीक्षण गरिएको छ ।

अन्य शहर र छिमेकी मुलुकबाट आइ तल्लो क्षेत्रका होमक्वारेन्टाइन र क्वारेन्टाइनमा बसेका ४५ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशाला प्राविधिक भक्ति फडेराले बताउनुभयो ।

सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा दश जना, चंखेलीमा ८, अदानचुलीमा ६, ताँजाकोटमा ७, र खार्पुनाथ गाउँपालिकामा १४ गरेर ४५ जनाको परीक्षण गरिएको प्रयोगशाला प्राविधिक बलीराज भण्डारीले बताउनुभयो ।

हालसम्म हुम्लामा परीक्षण गरिएका १ सय १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । रासस