Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पैसा लिएर सिमा वार-पार गराउने एक पक्राउ, थप चार जनाको खोजि हुँदै

२०७७, ९ बैशाख मंगलवार १३:३६

वैशाख ९, बाँके | बाँकेको नेपाल–भारत सीमावर्ती क्षेत्रमा अलपत्र यात्रुसँग रकम लिई लुकीछिपी आवागमन गराउने एक जना पक्राउ परेका छन् ।  मुख्य नाका बन्द भएपछि ग्रामीण क्षेत्रमा रहेका छोटी नाकाबाट साइकलमा राखेर अलपत्र भारतीयसँग रु पाँच सय लिएर भारत पुर्याउने र फर्किँदा नेपाल आउने नागरिकलाई लुकिछिपी आवागमन गराउने समूहका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता शिवबहादुर सिंहले जानकारी दिनुभयो । 

उहाँका अनुसार कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा जारी बन्दाबन्दीका कारण नाका बन्द भएका बेलामा नाकामा अलपत्र  व्यक्तिलाई लक्ष्य गरेर पाँच जनाले यस्तो धन्दा गरेको खुलेको छ । त्यसमध्ये एक जनालाई पक्राउ गरिएको हो ।

ती व्यक्तिले नेपालबाट तीन जनालाई भारत पुर्याएको खुलेको छ । चार  मुख्य व्यक्ति फरार रहेकाले धेरै जानकारी हुन नसकेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । प्रहरीले अन्य चार जनाको खोजी गरिरहेको छ । सीमा क्षेत्रमा नागरिक लुकिछिपी आवतजावत भएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको छ । 

कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न र भारतीय सीमाबाट हुन सक्ने आवतजावत निस्तेज  पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा फौज परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी