2026-08-29 08:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी गाउँपालिकाले काठमाडौँमा रोकिएकाहरुलाई गाउँ ल्याउन निशुल्क बस पठाउँदै

अनिल अधिकारी | वैशाख ११, काठमाडौँ | विश्व कोरोनाको महामारीको कहरमा गुज्रदै गर्दा नेपाल ३१ दिनदेखि लकडाउनमा छ । जारी लकडाउन खुल्ने कुरामा कुनै निश्चितता छैन । यस्तो अवस्थामा आ-आफ्नो गन्तव्यमा जान नपाई कयौं मानिस काठमाडौँमा रोकिएका छन् । यसै विषयलाई मध्येनजर गर्दै धादिङको ज्वालामुखी गाउँपालिकाले शुक्रबार काठमाडौँमा समस्यामा रहेका विद्यार्थी, मजदुर तथा गाउँपालिकामा स्थायी घर भई समस्यामा रहेकाहरुलाई उद्दार गर्ने भएको छ । 

समस्यामा परेका र जारी लकडाउनका कारण काठमाडौँमै बस्न बाध्य भएकाहरुलाई गाउँपालिकाले काठमाडौँको बसपार्क, कलंकी हुँदै गाउपालिकासम्म निशुल्क बसको व्यवस्था मिलाएको जनाएको छ । गाउँ जान चाहनेहरुले बिहिबार बेलुकासम्ममा आफ्नो नाम टिपाउन समेत गाउँपालिकाले अनुरोध गरेको छ । काठमाडौँबाट शुक्रबार बेलुका ५:३० बजे बस छुट्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सूचना समन्वय शाखाका अनुसार काठमाडौँमा हेमराज छत्कुली (9851220250) र रामबाबु अधिकारी (9851282025) लाई फोन सम्पर्क गरि इच्छुकहरुले आफ्नो नाम टिपाउन सक्नेछन् । 

यसै बिषयमा गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सिनाले गाउँ आउन चाहनेहरुलाई निशुल्क बसको व्यवस्था भएको बताउदै इच्छुकहरुले टिपाएको नामको आधारमा बस व्यवसायीहरुसंग समन्वय गरि आवश्यक शंख्यामा बसहरु काठमाडौँसम्म पठाउने निर्णय भएको जानकारी दिए । उनले भने ‘बस चढ्न आउनेहरुलाई लक्षित गरि गाउँपालिकाबाटै माक्स र स्यानीटाइजर उपलब्ध गराइन्छ । गाउँ आएपछि लकडाउनको अनुशासन पालना गरि घरमै बस्न हामीले आग्रह गर्ने छौं ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो