2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश नं २ मा भारतबाट लुकीछिपी भित्रिए एक हजार

वैशाख ११, जनकपुरधाम | मुलुकमा लकडाउन भएपछि प्रदेश नं २ मा भारतबाट लुकिछिपी एक हजार १४० जना प्रवेश गरेका छन् । तीमध्ये सबैभन्दा बढी पर्सामा ३४३, सर्लाहीमा ३३३, सप्तरीमा १४५, सिरहामा १५४, धनुषामा ९१, महोत्तरीमा १५०, बारामा ८३ र रौतहटमा १४१ जना प्रवेश गरेका सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । 

यस प्रदेशअन्तर्गतका आठवटै जिल्ला भारतसँग जोडिएका रहेकाले बढी सचेत रहनुपर्ने अवस्था देखिएको छ । प्रवेश गरेका मानिसलाई क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेशनमा राखिएको छ ।  भारतबाट प्रवेश हुन नदिनका लागि स्थानीयले सचेत हुनुपर्ने, स्थानीय प्रहरी र नगर वा गाउपालिका, वडा कार्यालय र समाजिक विकास मन्त्रालयमा खबर गर्न उहाँले सुझाव दिनुभएको छ ।

यसैबीच, लकडाउनका कारण कृषि क्षेत्र प्रभावित भएकाले कृषिजन्य पदार्थको ढुवानीका लागि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले कोभिड–१९ र्यापिड रेसपोन्स टिमलाई क्रियाशील गरेको छ । सोका माध्यमबाट किसानले कृषि क्षेत्रमा उत्पादित वस्तुलाई बजारसम्म पुर्याउनका लागि जिल्लाका कृषि ज्ञान केन्द्रलाई जिम्मेवारी तोकिएको उहाँले जानकारी गराउनुभयो । 

सोअन्तर्गत, कृषि ज्ञानकेन्द्र सप्तरी, कृषि ज्ञानकेन्द्र धनुषा, कृषि ज्ञान केन्द्र महोत्तरी र सर्लाहीका साथै बारा, पर्सा, रोतहट, सिरहास्थित कृषि ज्ञान केन्द्र र जनकपुरस्थित उष्णप्रदेशीय बागवानी नर्सरी केन्द्रलाई तोकिएको हो । यस्तै, पशुपक्षीतर्फ मत्स्य विकास केन्द्र लहान, सिरहा, मत्स्य विकास केन्द्र फत्तेपुर, सप्तरीलाई तोकिएको छ भने धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी जिल्लास्थित भेटनरी तथा पशुसेवा विज्ञ केन्द्रलाई तोकिएको सचिव डा रामप्रसाद घिमिरेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही