नन्दराम जैशी/साउन ४, जुम्ला । वर्षायाम शुरु भएसंगै जुम्लाबाट छुट्ने छोटो तथा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/साउन ४, जुम्ला । वर्षायाम शुरु भएसंगै जुम्लाबाट छुट्ने छोटो तथा "/>

2026-08-29 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा वर्षायाम शुरु भएसंगै यातायात सेवा संचालनमा समस्या


नन्दराम जैशी/साउन ४, जुम्ला । वर्षायाम शुरु भएसंगै जुम्लाबाट छुट्ने छोटो तथा लामो दुरीका यातायात सेवा संचालनमा समस्या भएको छ ।

निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गमा बाराम्बार पहिरोले सडक अवरुद्ध्र हुँदा नियमित यातायात सेवा संचालनमा समस्या भएको हो । निरन्तरको वर्षाका कारण यातायात सेवा संचालनमा असहजता भैरहेको कर्णाली अंचल यातायात व्यवसायी संघले जनाएको छ ।

 त्यसमा झन् सडकमा बारम्बार पहिरो जाने क्रमसँगै कालिकोट जिल्लाको खल्लागाँड भन्ने ठाउमा हिजोआज पहिरो गएका कारण सडक अवरोध भएका छ । सडक अवरोध भएपछि यातायात सेवा संचालनमा समस्या भएको कर्णाली अंचल यातायात व्यवसायी संघका वरिष्ठ ईन्र्चाज गणेश मल्लले बताए । साउन १ गते देखी कालिकोट कै पिली र बित्र्तामोडमा पनि पहिरोले बाटो अवरोध भएको उहाँको भनाई छ ।

 अहिले जुम्ला सदरमुकाम बाट गएका गाडीहरु पहिरो स्थल सम्म जाने र त्यहाँ बाट उताबाट आएको अर्को गाडीमा चढेर यात्रुहरु गन्तव्य सम्म पुग्ने गरेका छन् । यस्तै छोटो दुरीका वसमा सिंजा आर्चायलिहि सम्म मात्रै गाडी पुग्ने गरेका छन् ।  

 वर्षा नसकिए सम्म यातायात सेवा संचालनमा असहजता कायमै रहन सक्ने अनुमान गरीएको छ । बर्षायाम शुरु भएसँगै यात्रुहरुलाइ असहज रुपमा यात्रा गर्न बाध्य भएका छन् । पहिले एकै दिनमा सुर्खेत पुग्ने गरेका यात्रुहरु हिजोआज २÷३ दिनसम्मको कठिन यात्राले सुर्खेत पुग्ने गरेको बताउछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो