2026-09-12 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं २ मा स्वाब सङ्कलनमा तीव्रता

वैशाख १५, जनकपुधाम | प्रदेश नं २मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नमूना स्वाब सङ्कलन कार्य तीव्ररुपमा भइरहेको छ ।

सङ्घीय सरकारको छ र प्रदेश सरकारको दुई गरी आठ टोली प्रदेशका आठवटै जिल्लामा स्वाब सङ्कलनका लागि परिचालित छन् । शनिबारसम्ममा प्रदेशमा एक हजार २९० जना स्वाब सङ्कलन गरिएको छ भने आइतबार ३७१ जनाको समेत गरी अहिलेसम्ममा एक हजार ६२१ जनाको स्वाब सङ्कलन गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सोमध्ये ८२३ जनाको रिपोर्ट आउन बाँकी छ र ८१६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने सात जनामा कोरोना पुष्टि भएको छ । सो सात जनामध्ये चार जना निको भइसकेको र अन्य तीन जनाको विरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेशमा अहिलेसम्म चार हजार ५२३ जनाको आरडिटी परीक्षण गरिएको छ । सोअन्तर्गत सप्तरीमा ७२९ जना, सिरहामा ३३९ जना, धनुषामा ४३९ जना, महोत्तरीमा १६५ जना, सर्लाहीमा १२८ जना, रौंतहटमा ४४५ जना, बारामा १४६ र पर्सामा दुई हजार १२३ जनाको परीक्षण गरिएको सचिव डा. घिमिरेले बताउनुभयो ।

प्रदेशमा हाल विभिन्न जिल्लाको क्वारेन्टाइनमा एक हजार ४८९ जना, होम क्वारेन्टाइनमा एक हजार ६२१ जना र आइसोलेशनमा २९ जना छन् ।

स्वास्थ्य सामाग्री सहयोग 

कोरोना नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री पर्याप्त नभएका बेला दुई संस्थाले प्रदेश नंं २ का सरकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । 

गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान नेपाल र नेपाल भारत युवा मैत्री सङ्घ नेपालले संयुक्तरूपमा पिपिई एक सय थान, सेनिटाइजरको बोटल एक कार्टुन, एन ९५ मास्क सय थान, सर्जिकल मास्क दुई हजार, सर्जिकल ग्लोब्स दुई हजार थान हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामग्रीहरु प्रतिष्ठानका तर्फबाट पूर्वमन्त्री एवं सांसद अनिलकुमार झा तथा मैत्री सङ्घका जिल्ला अध्यक्ष पकञ्ज महतो र जीवनाथ चौधरीले संयुक्त रुपमा प्रदेशको सामाजिक विकास मन्त्री नवल किशोर साहलाई आइतबार हस्तान्तरण गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन