2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

लैङ्गिक हिंसा न्युनीकरणका लागि गोष्ठी

ताराबहादुर महत, माघ १३, दोलखा ।

लैङ्गिक हिंसा न्युनीकरणका लागि प्रभावकारी प्रेषण
प्रणाली सम्वन्धी दुई दिने कार्यशाला गोष्ठी सदरमुकाम चरीकोटमा हिजो सम्पन्न भएको छ ।

आवाज
नेपाल दोलखाको अयोजना तथा महिला तथा बालबालिका कार्यालय दोलखाको समन्वयमा प्लान नेपाल र आईओएमको आर्थीक
सहयोगमा सुरु भएको गोष्ठीमा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थामा आवद्ध ४० जनाको  सहभागीता रहेका
थियो । दुइदिने कार्यशालाको समापन कार्यक्रममा जिल्ला न्यायाधीश गोपाल भट्टराई,  जिल्ला स्वास्थ्य
कार्यालय दोलखाका प्रमुख डाक्टर माधव लम्साल, प्रहरी नायव उपरीक्षक बेलवहादुर पाण्डे, प्लान नेपाल
दोलखाका च्रन्द कुमार कायस्थ लगायत तालिमका सहभागीहरुलाई प्लान नेपालका प्रमिल अधिकारी र आइओएमका
उर्मीला उपाध्यायले लैङ्गिक हिंसा न्युनीकरण सम्वन्धी प्रशिक्षण दिनुभएको थियो ।

गोष्ठीका
सहभागीहरुले जिल्लामा हुने गरेको शारीरिक, मानसिक, यौनजन्य हिंसाको अवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, स्थानीय विकास अधिकारी सीता परियार, दोलखाकी
महिला विकास अधिकृत लक्ष्मी ढकाल  लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई