<p>वैशाख १६, दाङ | गैरकानूनी रुपमा थुनुवामा रहेका दाङ दंगीशरण गाँउपालिका–१ निवासी रमन चौधरीलाई थुनामुक्त गर्न यहाँको उच्च अदालतले आदेश दिएको छ । कारागारमा रहेका चौधरीलाई थुनामुक्त गर्न जिल्ला अदालत र कारागार कार्यालय तुलसीपुरलाई सोमबार आदेश दिइएको हो । <br></p><p>बालबालिकासम्बन्धी ऐन,२०७५ को दफा ३६(४) अनुसार बन्दी प्रत्यक्षीकरण मुद्दामा अदालतले पाँच वर्ष चार महिना कैद सजाय सुनाए पनि चौधरी ६ वर्षभन्दा बढी कैद बसिसकेका कारण थुनामुक्त गर्न भनिएको हो । </p><p>विसं २०७० माघ १७ गते जबर्जस्ती करणी गरेको अपराधमा माघ १९ गते पक्राउ परेका चौधरीलाई अदालतले ६ वर्ष कैद सजाय सुनाएको थियो । तत्कालीन पुनरावेदन अदालत तुलसीपुरले आठ वर्ष कैद सजाय तोकेकामा सर्वोच्च अदालतले ६ वर्ष कैद सुनाएको थियो । रासस</p>
April 28, 2020
दाङ्ग - DNG, समाज
गैरकानूनी रुपमा थुनामा रहेकालाई मुक्त गर्न आदेश
By साझासवाल
2 मिनेट पढाइ










