Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हालसम्म कोरोनामुक्त प्रदेश-५ मा पनि कोरोना संक्रमित ! दुई साताअघि भारतबाट आएका थिए

२०७७, १९ बैशाख शुक्रबार ११:१२

वैशाख १९, बुटवल । हालसम्म एक जना पनि कोरोना संक्रमित नभेटिएका प्रदेश ५ मा आज दुई जना कोरोना संक्रमित फेला परेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको शंख्या ५९ पुगेको छ । 

त्यसो त लकडाउन भएको यतिका दिनपछि प्रदेश ५ का मानिसमा कसरी कोरोना संक्रमण भेटियो भन्ने प्रश्न खोज्दै जाँदा आज कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका रुपन्देहीका युवक दुई साताअघि मात्र भारतबाट आएको पाइएको छ । कोटहीमाई गाउँपालिका वडा नं. १ का २५ वर्षीय ती युवक ५ वैशाखमा भारतबाट घर आएका थिए । सम्मरीमाईको ठोटरी नाकाबाट आएका उनलाई दाइले घर नलगी मर्चबार आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइन स्थलमा पुर्‍याएका थिए । 

भारतबाट आएलगत्तै घरसमेत नलगी सिधै  क्वारेन्टाइनमा लागिएको कारण उनीबाट अरुलाई सर्न सक्ने सम्भावना भने टरेको छ । उनि सहित क्वारेन्टाइनमा बसेका १० जनामध्ये उनमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएसंगै उनलाई शुक्रबार नै बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा सारिएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अब उनको परिवारको समेत स्वास्थ्य परीक्षण हुनेछ । उनको परिवारमा ८ जना रहेका छन् । 

प्रदेश ५ मा संक्रमित मध्ये अर्का एक जना भने बाँके जिल्लाको नेपालगञ्जका ६० वर्षीय पुरुष हुन् । उनको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

नेपालगंजमा संक्रमित ६० बर्षीय पुरुष मस्जिदमा बस्ने जमाती रहेको र भारतबाट आएको जानकारी पाएको नेपालगंज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणाले साझा सबाललाई बताए  । संक्रमितको हिस्ट्री रेकर्ड खोजि भईरहेको भन्दै मेयर राणाले त्यसै अनुसार थप शंकास्पद व्यक्तिहरुमा परीक्षण गरिने बताए । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  थप दुई जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको जनाएको छ । 

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५  र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरिएको थियो । प्रदेश ५ का पछिल्ला दुई  संक्रमित सहित नेपालमा कुल कोरोना संक्रमितको शंख्या ५९ पुगेको छ, जसमा १६ जना निको भएर फर्कीसकेका छन् । 

मन्त्रालयले जनाए अनुसार हालसम्म नेपालमा कोरोना परीक्षणको शंख्या १२ हजार १३ पुगेको छ ।

नेपालमा कोरोना संक्रमण हुने महिलाको शंख्या ९ छ भने ५० जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको अवस्था छ । जस मध्ये ६० बर्षमाथिमा ९ जना रहेका छन् जस मध्ये ३ जना बृद्ध/वृद्धा निको भईसकेका छन् ।

जिल्ला अनुसार कोरोना संक्रमितहरुको शंख्या उदयपुरमा सबैभन्दा बढी रहेका छन् | यहाँ २८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पर्सामा ६ जना, काठमाडौँमा ५ जना, कैलालीमा ४ जना, रौतहटमा ३ जना, बागलुङमा २ जना बारामा २ जना, चितवनमा २ जना, झापामा २ जना, बाँकेमा १ जना र रुपन्देहीमा १ जना रहेका छन् ।

त्यस्तै यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको शंख्या ३३ लाख २२ हजार ८१४ पुगेको छ ।

जस मध्ये २ लाख ३४ हजार ४०८ जनाको मृत्यु भएको छ भने १० लाख ५० हजार ४०८ जना निको भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी