१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा रोकिएको तथ्याङ्क संकलन कार्य शुचारु

१३ माघ २०७२, बुधबार ११:१८

ताराबहादुर महत/ माघ १३, दोलखा । कर्मचारीहरुको पारिश्रमिकको विषयलाई लिएर
दोलखामा रोकिएको भुकम्पीय क्षतिको तथ्याङ्क संकलन कार्य आजबाट शुचारु भएको छ ।

तथ्याङ्क संकलनको
काम भईरहेको अवस्थामा सामाजिक परिचालक तथा सहयोगी कर्मचारीले पारिश्रमिकको विषयलाई लिएर सहयोग नगरेपछि
अस्ती सोमबारदेखि काम रोकिएको थियो । विश्व बैंक र युएनओपिएसद्वारा तयार गरिएको जिल्ला भुकम्प प्रभावित
आवास पुननिमार्ण लगत संकलन कार्यक्रमका लागि विनियोजित बजेट निर्देशिका स्थानिय विकास मन्त्रालयबाट हिजो
जिल्ला विकास समिति दोलखामा आएपछि तथ्याङ्क संकलन कार्यले निरन्तरता पाएको एलजिसीडिपी दोलखाका सम्पर्क
व्यक्ति चन्द्रमाया उपे्रतीले जानकारी दिनुभयो ।

सामाजिक परिचालक र सहयोगी कर्मचारीलाई यसअघि
मासिक १६ हजार रुपिँयाका दरले पारिश्रमिक दिने भनिएकोमा हाल १२ हजार मात्र दिने भनिएपछि जिल्लाका
मागापौवा, लाकुरीडाँडा, बोच, भुषाफेदा, दुधपोखरी लगायतका अधिकांश गाविसमा तथ्याङ्क संकलन कार्य अबरुद्ध
भएको थियो । मन्त्रालयको निर्देशिका अनुसार सामाजिक परिचालकलाई मासिक १२ हजार रुपिँया र सहयोगी
कर्मचारीलाई १२ हजार ९ सय ८० रुपिँया पारिश्रमिक दिने उल्लेख गरिएको छ ।

गत आइतबारसम्म जिल्लाका
२५ हजार घरका ३० हजार ७ सय परिवारको तथ्याङ्क संकलन भएको जिल्ला विकास समिति दोलखाले जनाएको छ ।
राष्ट्रिय तथ्याङ्क विभागले गत पौष १९ गतेदेखि दोलखामा प्रत्यक गाविस तथा नगरपालिकामा इन्जिनियर र
सामाजिक परिचालक तथा सहयोगी कर्मचारीको टोली खटाएको थियो । यद्यपी चिसोको कारण लामाबगर र गौरीशंकर
गाविसमा तथ्याङ्क संकलन कार्य शुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव