2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा रोकिएको तथ्याङ्क संकलन कार्य शुचारु

ताराबहादुर महत/ माघ १३, दोलखा । कर्मचारीहरुको पारिश्रमिकको विषयलाई लिएर
दोलखामा रोकिएको भुकम्पीय क्षतिको तथ्याङ्क संकलन कार्य आजबाट शुचारु भएको छ ।

तथ्याङ्क संकलनको
काम भईरहेको अवस्थामा सामाजिक परिचालक तथा सहयोगी कर्मचारीले पारिश्रमिकको विषयलाई लिएर सहयोग नगरेपछि
अस्ती सोमबारदेखि काम रोकिएको थियो । विश्व बैंक र युएनओपिएसद्वारा तयार गरिएको जिल्ला भुकम्प प्रभावित
आवास पुननिमार्ण लगत संकलन कार्यक्रमका लागि विनियोजित बजेट निर्देशिका स्थानिय विकास मन्त्रालयबाट हिजो
जिल्ला विकास समिति दोलखामा आएपछि तथ्याङ्क संकलन कार्यले निरन्तरता पाएको एलजिसीडिपी दोलखाका सम्पर्क
व्यक्ति चन्द्रमाया उपे्रतीले जानकारी दिनुभयो ।

सामाजिक परिचालक र सहयोगी कर्मचारीलाई यसअघि
मासिक १६ हजार रुपिँयाका दरले पारिश्रमिक दिने भनिएकोमा हाल १२ हजार मात्र दिने भनिएपछि जिल्लाका
मागापौवा, लाकुरीडाँडा, बोच, भुषाफेदा, दुधपोखरी लगायतका अधिकांश गाविसमा तथ्याङ्क संकलन कार्य अबरुद्ध
भएको थियो । मन्त्रालयको निर्देशिका अनुसार सामाजिक परिचालकलाई मासिक १२ हजार रुपिँया र सहयोगी
कर्मचारीलाई १२ हजार ९ सय ८० रुपिँया पारिश्रमिक दिने उल्लेख गरिएको छ ।

गत आइतबारसम्म जिल्लाका
२५ हजार घरका ३० हजार ७ सय परिवारको तथ्याङ्क संकलन भएको जिल्ला विकास समिति दोलखाले जनाएको छ ।
राष्ट्रिय तथ्याङ्क विभागले गत पौष १९ गतेदेखि दोलखामा प्रत्यक गाविस तथा नगरपालिकामा इन्जिनियर र
सामाजिक परिचालक तथा सहयोगी कर्मचारीको टोली खटाएको थियो । यद्यपी चिसोको कारण लामाबगर र गौरीशंकर
गाविसमा तथ्याङ्क संकलन कार्य शुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई