Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रसुवाका क्वारेन्टाइन खाली

By साझासवाल 5 मिनेट पढाइ

वैशाख २२, रसुवा | कोभिड–१९ नियन्त्रणका लागि गोसाइँकुण्ड गाउँपालिकाले  सरकारी क्वारेन्टाइनमा राखेका सबै स्थानीय  बासिन्दालाई   आआफ्ना घर पठाएको छ । गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार जिल्ला बाहिरबाट रसुवा प्रवेश गरेका सबै  स्थानीयवासीलाई  अनिवार्य रूपमा १४ दिन सरकारी  क्वारेन्टाइनमा राख्ने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय कार्यान्वयन  गर्दै धुञ्चे, स्याफ्रुबेँसी र टिमुरेमा राखिएका ८४ नागरिकलाई  आइतबार आआफ्ना घरतर्फ पठाइएको छ ।

अन्य गाउँपालिकाले भने यही वैशाख १४ गते रसुवा भित्र्याएका नागरिकलाई सीधै आआफ्ना घरमा जान अनुमति दिएका थिए । चिकित्सकबाट उनीहरूको  स्वास्थ्य परीक्षण गराई तोकिएको अवधिसम्म सुरक्षित तवरले होम क्वारेन्टाइनमा बस्नुपर्ने र १४ दिन पुगेपछि आरडिटी गराउनु पर्ने शर्तमा पठाइएको गापा अध्यक्ष तामाङले बताउनुभयो ।

वैशाख १४ गते एकसाथ ११  यात्रुवाहक बसबाट ल्याइएका स्थानीयवासीमध्ये नौकुण्ड गापाको ठूलोभोर्ले पुगेका ७३ जना आआफ्नो घरमा गई इष्टमित्र भेटघाटका लागि गाउँटोल घुम्न थालेपछि गाउँबासीमा त्रास बढेको ठूलो भोर्लेका राजेन्द्र रानाले बताउनुभयो ।

नौकुण्ड –५ का वडाध्यक्ष घोण्टे ग्याम्दानले भने भोर्लेमा पर्याप्त क्वारेन्टाइनको व्यवस्थापन  नभएको र राति एकैपटक ठूलो  संख्यामा स्थानीय नागरिक आएका कारण घरपरिवारबाट अलग बस्ने शर्तमा होम क्वारेन्टाइनमा  पठाई वडा कार्यालयले अनुगमान गरिरहेको जानकारी दिनुभयो । आआफ्ना बासस्थानमा बसेका सबै नागरिकको स्वस्थ्यावस्था सामान्य रहेको अध्यक्ष ग्याम्दानले जिकिर गर्नुभयो ।

यसैगरी दक्षिणी भेकका कालिका एवं उत्तरगया गाउँपालिकका क्वारेन्टाइनमा रहेका सबै स्थानीय नागरिकलाई होम क्वारेन्टाइनमा स्थानान्तरण गरिएको सम्बन्धित गापाले जनाएका छन् ।

पास पाएका र पहुँच पुगेका व्यक्ति काठमाडौँ –रसुवा पटक पटक आउजाउ गर्ने र  काठमाडौँमा मजदूरी गरी गृहजिल्ला आएका विपन्न रसुवालीलाई भने क्वारेन्टाइनमा राख्न नहुने आवाज उठेपछि १४ दिन होम क्वारेन्टाइन बस्ने शर्तमा सबैलाई स्थानान्तरण  गरिएको उत्तरगयाले जनाएको छ ।

गापा अध्यक्ष उपेन्द्र लम्सालका अनुसार पछिल्लो समय रसुवा प्रवेश गरेका सबै स्थानीय नागरिकको स्वास्थ्य परीक्षण सम्पन्न गरिएको छ । क्वारेन्टाइनमा राखिएका ३१९  नागरिक सबै होम क्वारेन्टाइनमा गइसकेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । रासस