२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बाँकेमा सङ्क्रमण भेटिएपछि बर्दियामा कडाइ

२०७७, २२ बैशाख सोमबार १५:२९

वैशाख २२, धम्बोझी | छिमेकी बाँकेको नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण भेटिएपछि बर्दियामा सुरक्षा सतर्कता बढाइएको छ ।  जिल्लाको सुरक्षा समितिको आज बसेको बैठकले कोरोना नियन्त्रणका लागि जिल्लामा पूर्ण रुपमा आवतजावत बन्द गर्ने निर्णय गरेको छ । 

प्रदेश नं ५का उपसभामुख कृष्णी थारुको प्रमुख आतिथ्यतामा बसेको बैठकले यही वैशाख २४ देखि अत्यावश्यकबाहेक सबै  पसल र व्यवसाय बन्द गर्ने निर्णय गरेको  प्रमुख जिल्ला अधिकारी प्रेमनाथ लामिछानेले जानकारी दिनुभयो ।    “यहाँ सुरक्षा व्यवस्था कडा बनाउने निर्णय भएको छ, आवश्यक खाद्य सामग्री र औषधि खरीदका लागि आइतबार, मंगलबार, बिहीबार  बिहान ७देखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिइने छ ”, उहाँले भन्नुभयो ।

बैठकले जिल्लाको पूर्व, पश्चिम र दक्षिण क्षेत्रमा आवतजावत वन्द गर्न निर्देशनसमेत दिएको जिल्ला समन्वय समीतिका प्रमुख शंकरप्रसाद थारुले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा