Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दाङमा उच्च सतर्कता

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २२, बाँके | छिमेकी जिल्ला बाँकेमा १६ र रुपन्देहीमा एक जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि दाङमा पनि उच्च सतर्कता अपनाइएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले दाङ भित्रिने चार नाकामा थप कडाइ गर्ने निर्णय गरिएको  प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रजिअ  रिजालका अनुसार आजको बैठकले अमिलिया, भालुबाङ, कोइलाबास र हापुरेको नाकामा स्वास्थ्य सहायता केन्द्र स्थापना गरी स्वास्थ्य जाँच गर्नाका साथै अनावश्यक रुपमा भित्रिने र बाहिरिने सवारी साधनलाई कडा कारवाही गर्ने निर्णय गरेको  छ ।

त्यस्तै बैठकले अत्यावश्यकबाहेक कुनै पनि सवारी साधन सञ्चालन गर्न नदिने निर्णय गरेको छ । अहिले जिल्लाका नाकामा प्रहरी चौबीसै घण्टा खटिएकामा अब स्वास्थ्यकर्मीलाई पनि खटाउने निर्णय भएको छ ।

यहाँ सञ्चालित दुई सिमेन्ट उद्योगका मजदूर तथा मस्जिदमा  समेत र्यापिड  डायग्नोष्टिक टेष्ट गर्ने तथा बेलुका ७ देखि बिहान ५ बजेसम्म पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा बन्द गर्नेसमेत बैठकले निर्णय गरेको छ । बैठकले लकडाउनको पालनामा नागरिक जिम्मेवार नदेखिएकाले अनुशासित बनेर रोगसँगको प्रतिकार्यमा जुट्न आग्रह गरेको छ । यसैबीच घोराही सिमेन्ट उद्योगबाट भागेर भारत जान लागेका पाँच मजदूरलाई नियन्त्रणमा लिई आज घोराहीको कुइरेपानी क्वारेन्टाइनमा राखिएको छ । रासस