2026-09-12 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

मालिकामा पूजा मात्रै

वैशाख २५, दुल्लु | अघिल्ला वर्षहरुमा दुल्लु नगरपालिका वडा नं १३ स्थित मालिका मन्दिरमा बुद्धजयन्तीको अघिल्लो दिन हजारौँ मानिसको जमघटमा रातभरि मन्दिर परिसर नजिकै रहेको चौरमा ठूलो मालिका मेला लाग्ने गथ्र्याे । रातभरि हजारौँ मानिस मालिका मेला भर्न थान्थे भने सयौँ जोडी दोहोरी, देउडा, भजनकीर्तन र टाढाटाढा रहेका आफन्त भेटघाट गर्न मस्त हुन्थे भने गाउँमा उत्पादित दैनिक प्रयोजनमा प्रयोग हुने सामग्री किनमेल गर्न मस्त देखिन्थे ।

रातभर जाग्राम बस्ने र भोलिपल्ट पूर्णिमाको दिन मालिका माईको पूजा गरी त्यहाँको प्रसाद आफूले ग्रहण गर्ने र घरपरिवारलाई ल्याउने परम्परा रहे पनि यो वर्ष कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन रोकथामका लागि स्थानीय प्रशासनले  मानिसको जमघटमा रोक लगाएपछि एकजना पुजारीले मालिका माईको पूजाआजा गरी यसपालि पनि नियमित कामलाई निरन्तरता दिनुभएको छ ।

मालिका माई मन्दिरका पुजारी भक्तिप्रसाद उपाध्यायले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर शाहलाई सामाजिक दूरी कायम गर्दै आज बिहान नियमित पूजापाठ गरी नियमित गरिने मालिका पूजाको कार्य सम्पन्न गर्नुभयो । 

जिल्लाभरका एक घरपरिवारबाट एकजना सो मेलामा सहभागी हुने र अघिल्लो दिन रातभर जाग्राम बसी भोलिपल्ट पूर्णिमाको दिन पूजा गरी त्यहाँको प्रसाद ग्रहण गरी घरपरिवारको भलो हुने जनविश्वास रहिआएको छ । जिल्लाभरका एक घरबाट एकजना सदस्य मालिका मेलामा सहभागी हुने प्रचलन हुँदा त्यस मेलमा करिब १५ देखि २० हजार मानिसको  जमघट हुने अघिल्ला वर्षहरुमा हुने मालिका माईका पुजारी उपाध्यायले जानकारी दिनुभयो । 

सकेसम्म पाँचजनाभन्दा बढी धर्मिक कार्यमा सहभागी नहुन र यदि भएमा सामाजिक दूरी कायम गर्दै पूजा सम्पन्न गर्न स्थानीय प्रशासनले सूचना जारी गरेको थियो । ११ स्थानीय तह र ९० वडा रहेको दैलेखमा वैशाख पूर्णिमामा गरिने सयौँ धार्मि स्थलका कार्य सामाजिक दूरी कायम गर्दै स्थानीय प्रशासनको निर्णयअनुसार सम्पन्न भएका छन् । 

स्थानीय प्रशासनले जिल्लाका सबै नाका सिल गरेको छ भने लकडाउनलाई कडा पारेको छ  । यस्तै सीमा नाकामा संयुक्त सुरक्षाकर्मी परिचालन गरेको छ भने बजार अनुगमनलाई पनि तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी कट्टेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग