रोशन तिवारी | साउन ४,  पर्वत |&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन तिवारी | साउन ४,  पर्वत |&n"/>
२०८३, ९ जेष्ठ शनिबार
पर्बत - PBT

तिलाहारमा विपद व्यवस्थापन योजना तयारी कार्यशाला

२०७३, ४ श्रावण मंगलवार १४:३३

रोशन तिवारी | साउन ४,  पर्वत | विद्यालयमा आधारित विपद व्यवस्थापन योजना निर्माण सम्बन्धि २ दिने कार्यशाला पर्वतको तिलाहारमा शुरु भएको छ । युरोपियन आयोगको मानविय सहायता र नागरिक सुरक्षा विभागको सहयोगमा प्लान नेपालको आर्थिक सहयोग तथा ईन्पे्रड नेपालको आयोजना र गाजा यूवा क्लव वागलुङको साझेदारीमा मंगलवार देखि कार्यशाला शुरु भएको हो ।

सुरक्षित विद्यालय कार्यक्रम सञ्चालन भईरहेको नवजागृत उच्च मावि तिलाहारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्राचार्य, शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराइएको छ । कार्यक्रममा विपद व्यवस्थापनका बारेमा विद्यालय स्तरिय विपद पूर्व तयारीको योजना तयार पारिने जनाइएको छ । कार्यशालामा प्रशिक्षक रामकुमार दहाल, प्लान नेपाल वागलुङका कार्यक्रम संयोजक भुपमणी दहाल, ईन्पे्रड नेपालका कार्यक्रम व्यवस्थापक ऋषिराम पौडेलले सहजीकरण गर्ने जनाइएको छ

। कार्यशाला उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरीक्षक कृष्णप्रसाद आचार्य र श्रोत व्याक्ति प्रेमप्रसाद सुबेदीले सुरक्षित विद्यालय निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले समेत यो कार्यक्रममा सहकार्य गरिरहेको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा पर्वत र वागलुङमा सुरक्षित विद्यालय अन्तर्गत सञ्चालन भैरहेका कार्यक्रमका बारेमा गाजा यूवा क्लवका सामाजिक परिचालक सुर्यप्रसाद कँडेल,फिल्ड सुपरभाईजर लालबहादुर पूर्जा मगर र बलराम पौडेल, ईन्पे्रड नेपालका सामाजिक परिचालक संगीता सुबेदी र उदय भुसालले जानकारी गराउने जनाइएको छ ।

प्लान ईण्टरनेशनल नेपाल मार्फत ईन्प्रेड नेपालले पर्वतका १० विद्यालयमा र वागलुङमा गाजा यूवा क्लवले १० विद्यालयमा सुरक्षित विद्यालय कार्यक्रम सञ्चालन गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ