2026-09-12 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

घरघरमा तरकारी

जेठ ५, बर्दिया | बर्दिया बारबर्दिया नगरपालिका ५ धोबियाकी सीता थारु एकाबिहानै बारीमा पुग्नुहुन्छ । बारीभरि लटरम्म फलेका काँक्रा, करेला, लौका, फर्सी, बोडी, टमाटरलगायत हरिया ताजा तरकारी टिपेर छिटुवामा भरेसँगै उहाँ सदरमुकाम गुलरियामा बेच्दै हिँड्ने गर्नुहुन्छ ।  गाउँका अन्य महिला पनि छिटुवा टाउकामा बोकेर टोलटोलमा तरकारी बेच्न निस्कन्छन् । लकडाउनमा घरघरमै तरकारी बेचेर गुजारा गर्छन् ।

बन्दाबन्दीमा पनि बस्तीमा तरकारी पुर्याउन पाउँदा सीता निक्कै खुशी हुनुहुन्छ । “लकडाउनले बजार बन्द छ बारीमा उत्पादन भएको हरियो र ताजा तरकारी घरघरमै पुगेर बेच्छु”, उहाँले भन्नुभयो,“तरकारी बिक्रीले दैनिक घरको गुजारा चलेको छ । हाटबजार बन्द भएकाले तरकारी बेच्ने ठाउँ छैन । दुई घण्टा डुलेपछि सबै तरकारी बिक्छ ।” 

उनीसँगै तरकारी बेच्न अरु महिला पनि आउने गरेका छन् । गुलरिया ४ बगिही गाउँका दैनिक १५–२०  किसानको पनि  घरघरमै पुगेर हरियो तरकारी बेच्ने दिनचर्या छ  । बगिहीकी सुनीले तरकारी नबेच्ने हो भने घरव्यवहार टार्न मुश्किल हुने भएकाले तरकारी बेचेर घर खर्च चलाएको बताउनुभयो ।

गुलरिया नगरपालिका वडा नम्वर ६ निवासी इन्द्र श्रेष्ठले आफ्नै घरमा तरकारी किन्न पाउँदा खुशी व्यक्त गर्नुभयो । घर अगाडि नै छानेर ताजा तरकारी किन्न पाउँदा धेरै सजिलो भएको उहाँ बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन