नन्दराम जैशी/साउन ५, जुम्ला । विगत चार महिना यता बृद्ध भत्ता नपाएपछि चन्दननाथ नगरपालिका भित्रका जेष्ठ नागरीकहरुले गुनासो पोखेका छन् । 

विगत चार महिना यता बृद्ध भत्ता नपाएपछि उनिहरुले चाडपर्ब तथा अन्य समयमा आफुहरुलाइ आवाश्यक पर्ने सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/साउन ५, जुम्ला । विगत चार महिना यता बृद्ध भत्ता नपाएपछि चन्दननाथ नगरपालिका भित्रका जेष्ठ नागरीकहरुले गुनासो पोखेका छन् । 

विगत चार महिना यता बृद्ध भत्ता नपाएपछि उनिहरुले चाडपर्ब तथा अन्य समयमा आफुहरुलाइ आवाश्यक पर्ने सा"/>

2026-10-15 06:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बृद्ध भत्ता नपाएको जेष्ठ नागरीकको गुनासो

नन्दराम जैशी/साउन ५, जुम्ला । विगत चार महिना यता बृद्ध भत्ता नपाएपछि चन्दननाथ नगरपालिका भित्रका जेष्ठ नागरीकहरुले गुनासो पोखेका छन् । 

विगत चार महिना यता बृद्ध भत्ता नपाएपछि उनिहरुले चाडपर्ब तथा अन्य समयमा आफुहरुलाइ आवाश्यक पर्ने सामान्य खर्च संचालन गर्न असहज भएको भन्दै गुनासो पोखेका हुन् । चन्दननाथ नगरपालिका भित्र १५ वटै वडाका जेष्ठ नागरीकहरुले विगत चैत्र महिना यताको भत्ता नपाएको भन्दै साझा सवालसँग गुनासो पोखेका हुन् ।   

 जेष्ठ नागरीकहरुले गुनासो पोख्दै भने, नगरपालिकाले समयमै भत्ता वितरण गर्ला र साउने संक्रान्ती रमाइलो गरी मनाउलाँ भनेका थियौ । भत्ता नदिएपछि सोचे अनुरुप संक्रान्ती पनि मनाउन सकिएन, अन्य छर छिमेक तथा आफन्तसँग पैसा सापटि गरी जेनतेन साउने संक्रान्ती मनाइयो । 

नगरपालिकाले भत्ता दिएपछि थोरै भएपनि मिठो मसिनो गरौला भन्ने सोचेका थियौ तर यसपालिको संक्रान्ती सोचे अनुरुप हुन सकेन, जेष्ठ नागरीकहरुले यसरी गुनासो पोखे । भत्ता आउने र खाने बानि परेपछि सामान्य खर्चका लागि घरपरीवार तथा अन्यसँग हात जोर्न परेको छैन, तर भत्ता नगरपालिकाले समयमै वितरण नगर्दा उहि समस्या दोहोरीएको छ, उनिहरुले भने ।

जेष्ठ नागरीक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतिले भन्नुभयो, अन्य जेष्ठ नागरीकहरु आफुकँहा बाराम्बार नगरपालिकाले ढिलो भत्ता वितरण गर्ने गरेको भन्दै यसलाइ सहज बनाउन उनुरोध गर्दछन् । तर मैले नगरपालिकालाइ धेरै पटक भनिसके यसमा सुधार आएको छैन । 

यसैबिषयमा बुझ्दा जिविस जुम्लाबाट विगत चैत्र महिना यताको भत्ता निकासा भैसकेको जनाइएको छ । यता चन्दननाथ नगरपालिका सब इन्जीनियर लोकेन्द्र महतले जेष्ठ नागरीक भत्ता निकासा ढिलो र थोरै रकम आएपछि बाँड्दा सबैलाइ नपुग्ने भएकाले पहिले बाँड्न नसकिएको बताए । साथै हाल जेष्ठ नागरीक भत्ताको सबै रकम निकासा भएको भन्दै वितरण कार्य पनि शुरु गरीने उहाले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने