पाल्पाका ४१ जनाको स्वाब सङ्कलन

साझासवाल
1 Min Read

<p><b>जेठ ६, पाल्पा |</b> पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा यहाँ ४१ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको छ । तानसेनस्थित क्वारेन्टिनमा भारतबाट फर्किएकासहित १५ तथा दोभानमा खटिएका&nbsp; सुरक्षा र&nbsp; स्वास्थ्यकर्मी २६ जनाको स्वाब संकलन गरिएको हो ।<br></p><p>भारतबाट आएका जिल्लावासी, क्वारेन्टिनको सुरक्षामा रहेका सुरक्षाकर्मी, भान्से तथा र सम्पर्क खोजी सूचीमा परेका व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो ।&nbsp; प्रदेश नं&nbsp; ५ सरकारले १५० पिसिआर र ६४०&nbsp; आरडिटी किट उपलब्ध गराएको थियो । लुम्बिनी मेडिकल कलेज, पाल्पा अस्पताल र मिसन अस्पतालबाट दुई महिनाअघि २५ जनाको स्वाब परीक्षण गरिएको निमित्त प्रमुख न्यौपानेले&nbsp; बताउनुभयो ।&nbsp;</p><p>अहिलेसम्म विभिन्न पालिकाका क्वारेन्टिनमा बसेका २५८ जनाको आरडिटी गरिएकामा रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा ७८ जना क्वारेन्टिनमा बस्दै आएका छन् । रासस&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply