२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतबाट आएका अधिकांशमा नै कोरोना संक्रमण

२०७७, ७ जेष्ठ बुधबार १६:१०

जेठ ७, बाँके | बाँकेमा एक हप्ताअघि भारतबाट आएका थप छ जनामाा आज कोरोना सङ्क्रमण फेला परेको छ । दुई दिनअघि खजुराबाट लिइएको तीन स्वाबबाट एक जना र नरैनापुर गाउँपालिका वडा नं ५ स्थित नमूना प्रावि मोतीपुरबाट सङ्कलित ९६ स्वाब नमूना पाँच गरी आज बाँकेका ६ जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार नरैनापुरमा फेला परेका सङ्क्रमित एक हप्ताअघि भारतबाट आएर नमूना प्राविको क्वारेन्टिनमा बस्दै आएका हन् । यसै गरी  खजुराका २७ वर्षीय युवक पनि गत हप्ता भारतबाट आएर वडा नं ५ वसन्तपुर क्वारेन्टिनमा बस्दैआएका छन् । कोरोना सङ्क्रमितलाई उपचार हुँदै आएको खजुरा गाउँपालिकामा एक जनामा सङ्क्रमण देखिएपछि खजुराक्ष् ोत्रमा उच्च सतर्कता अपनाइएको छ । 

खजुरा गाउँपालिकामा पहिलो पटक वडा नं ५ निवासी एक व्यक्तिमा आज सङ्क्रमण पुष्टि भएको हो । गत हप्ता भारतबाट आई वसन्तपुर क्वारेन्टिनमा बस्दै आएका २७ वर्षीय युवकमा सङ्क्रमण देखिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।  खजुरामा सङ्क्रमण नभई भारतबाटै सङ्क्रमित भई आएको पाइएकाले त्रसित हुनुपर्ने अवस्था नरहे पनि सजगता अपनाउनुपर्ने भएकाले खजुरामा थप उच्च सतर्कता अपनाइएको उहाँको भनाइ छ । 

सङ्क्रमितलाई आईसोलेशनमा उपचार व्यवस्थाको लागि पहिचान गर्ने कार्य भईरहेकोले आज रातीसम्म सबैलाई आइसोलेशनमा पुर्याईने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाको खतरा क्षेत्र बन्दै गएको नरैनापुरमा मात्रै सङ्क्रमितको सङ्ख्या ७३ पुगेको छ । यहाँ सङ्क्रबाट एकजनाको ज्यान गएको छ ।  नेपालगञ्ज उपमहानगरपालिकामा २५ र खजुरामा आज भेटिएका एकजनासहित बाँकेमा सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ । 

कपिलवस्तुमा  ५९ सङ्क्रमित

जीतपुर– कपिलवस्तुमा मंगलबार र आज कोरोना संक्रमण पुष्टि भएका १६ जना नै वैशाखमा भारतबाट फर्किएका रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमित ५९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो ।

जिल्लाका स्थानीय तहमध्ये यशोधरा गाउँपालिकामा १२, कपिलवस्तु र  महाराजगञ्ज नगरपालिकामा नौनौ,  कृष्णनगर नगरपालिका र मायादेवी गाउँपालिकामा आठआठ, बुद्धभूमि नगरपालिका र विजयनगर गाउँपालिकामा चारचार, शिवराज नगरपालिकामा तीन तथा शुद्धोधन गाउँपालिका र  र वाणगङ्गा नगरपालिकामा एकएक जना कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

जिल्लामा आज पुष्टि भएकामध्ये नौ  महाराजगञ्ज र तीन जना विजयनगरका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिमा कपिलवस्तुमा १३ जनामा पुष्टि भनिए पनि जिल्लामा १२ जनामा मात्र फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिनुभयो । भगतका अनुसार सङ्क्रमित १२ मध्ये पाँच पुरुष र सात महिला छन् ।  

 महाराजगञ्ज  ९ सिसवामा रहेको शिवभारी माविको क्वारेन्टिनमा आठ जना बसेका थिए भने बाँकी एक जना वडा नम्बर १ मा रहेको कन्या माविको क्वारेन्टिनमा बसेका हुन् । आठ जना एउटै गाउँ तेनुवाका छन् । संक्रमित नौ जना भारतबाट आएका थिए । तीमध्ये आमाछोरी  संक्रमित छन् ।  वडा नम्बर ८ सिसवाका अढाइ वर्षीय बालक तथा चार र ६ वर्षीया बालिका, ३२ वर्षीया महिला दुई , २५ र १६ वर्षीया महिला तथा १२ वर्षीय बालक संक्रमित फेला परेका छन् । यस्तै वडा नम्बर १ का २० वर्षीय पुरुष संक्रमित भेटिएका छन् । यस्तै वडा नम्बर १ मा भेटिएका संक्रमित दुर्गा भवानी महिला विद्यालयको क्वारेन्टिनमा छन् । संक्रमित नौ जना भारतबाट आएका थिए । 

उता विजयनगरमा नौ जनामा कोराना पुष्टि भएको छ । उनीहरु सबै ११ दिनअघि भारतबाट आएको गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिनुभयो ।  तीनै जना संक्रमित १३ दिनबाट वडा नम्बर ६ को रामशरण आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेको थापाले बताउनुभयो । गाउँपालिकाले आइसोलेशन सेन्टर निर्माण गरेकाले तीनै जनालाई त्यसमा राखिएको उहाँको भनाइ छ ।  वडा नम्बर २ का सङ्क्रमित २२ वर्षीय र वडा नम्बर ७ का ३५ र ४८ वर्षीय पुरुष दाजुभाइ हुन् । 

जिल्लामा मंगलबार कोरोना पुष्टि भएका चार जना जिल्लाको दक्षिणी नेपाल भारत सीमावर्ती मायादेवी गाउँपालिका हुन् । उनीहरु वैशाखको तेस्रो साता भारतबाट फर्किएर गाउँमा आएपछि स्थानियको सहयोगमा प्रहरीले क्वारेनटाईनमा पुर्याएको थियो । चार जना नै भारतको मुम्बईबाट वैशाख तेस्रो साता चोर नाका हुँदै जिल्ला फर्केका थिए । उनीहरुलाई चार जना नै क्वारेन्टिनमा १४ दिन बसेपछि गत शनिबार आरडिटी गर्दासमेत पोजेटिभ देखिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा