2026-10-15 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बजार घुम्ने बढेपछि जुम्ला बजारमा लकडाउनमा कडाइ

जेठ ११, जुम्ला | कोराना भाइरस रोकथामका लागि गरिएको लकडाउन उल्लङ्घन भएपछि स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ । बजारमा जथाभावी काम नभएका व्यक्ति हिँड्ने भएपछि प्रशासनले लकडाउन अवधिभर अत्यावश्यकबाहेकका काममा जुम्ला बजारमा प्रवेश निषेध गरे पनि उल्लङ्घन भएपछि जोखिम बढेको छ ।

बाहिरबाट आउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको र लकडाउनको समयमा भीडभाड बढेको भन्दै प्रशसानले बिहीबारबाट कडाइ गरेको हो । कोरोनाको जोखिम न्यूनीकरणका लागि जुम्लामा अत्यावश्यकबहेकका पसल खोलिएको र मानिसहरु आत्यावश्यक वस्तु किनमेल गर्ने बहानामा बढी भीडभाड हुने गरेका कारण थप कडाइ गर्न थालेको हो ।

लकडाउन पूर्ण कार्यान्वयन नभएपछि स्थानीय प्रशासनले थप सुरक्षा व्यवस्था कडा गर्ने भएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कोरोनाको रोकथामका लागि उच्च सतर्कता अपनाउन नागरिकको दायित्व भए पनि मास्कबिना नागरिक हिँडडुल गरिरहेकाले खाद्यान्नलगायतका अत्यावश्यकबाहेकका पसल खोलिएको पाइएमा प्रशासनले कारवाही गर्ने बताउनुभयो । उहाँले नागरिकलाई लकडाउनको पूर्णपालना गर्न र कोरोनाबाट जोगिन अनुरोध गर्नुभयो । बजारमा जथाभावी हिँड्नेलाई सचेत गर्नुका साथै केही मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । यस्तो अवस्थामा बाहिरबाट निकै ठूलो मेहनत गरेर क्वारेन्टाइनमा राखिएको छ । परीक्षण प्रक्रिया बढाइएको छ तर जथाभावी बजारमा हिँड्ने क्रम बढेको छ ।

जुम्लामा दैनिक उपभोग्य वस्तु खरिदका लागि बजार खुल्ने समय बिहान ७ देखि ९ बजे र बेलुका ४ देखि ६ बजेसम्म निर्धारण गरिएको छ तर नागरिकले अटेर गरी सबै पसल खोलेपछि बजारमा भीडभाड बढेको भन्दै प्रशासनले जुम्लामा कडाइ गरेको हो । प्रशासनले आम नागरिकलाई आत्यावश्यक वस्तु खरिदका लागि दूरी कायम गरी कोरोनाबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन सहयोग गर्न आग्रह गरेको छ । बाहिरबाट जिल्लामा भित्रिएका व्यक्तिलाई एकीकृत क्वारेन्टाइनमा सुरक्षाकर्मीको निगरानीमा राखिएको छ । हाल ४३ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने