Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दाङको बेलझुण्डीबाट कोरोना जितेर आठ जना फिर्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १६, दाङ |</b> दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ&nbsp; कोरोना संक्रमित निको&nbsp; भएर घर फर्किएका छन् ।&nbsp;<br></p><p>कोरोना विशेष अस्पतालमा यही जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि&nbsp; घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोणबहादुर वलीले जानकारी दिनुभयो ।</p><p>&nbsp;वलीका अनुसार घर फर्कनेमा&nbsp; कपिलवस्तुका चार, बाँकेका तीन र दाङ, गढवाका एक छन् ।&nbsp; कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका&nbsp; ४५मध्ये आठ जना निको भएपछि&nbsp; ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा रुकुम(पूर्व), रुपन्देही, कपिलवस्तु , बाँके , दाङ र&nbsp; &nbsp;बर्दियाका छन् ।&nbsp; उपचार गराइरहेकामध्ये दुई महिला भएको वलीले बताउनुभयो ।&nbsp;</p>